सर्वसम्मत निर्णयबाट निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ ।
रास्वपाका संस्थापकमध्ये एक उनले उक्त प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । उनले उक्त प्रतिवेदन गत साता बुधबार पार्टी सभापति लामिछानेलाई बुझाएका थिए ।
ढकालले उक्त प्रतिवेदनमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको उल्लेख गरेका थिए ।
बुधबारको बैठकमा प्रतिवेदन पेश गर्न नदिइएपछि त्यहीकुरा उनले सञ्चारमाध्यममा बताइसकेका छन् ।
गत वैशाख १० गते इलाम क्षेत्र नम्बर २ मा जमानत जफत हुने गरी रास्वपा हारेको थियो । त्यसपछि रास्वपाले नेताहरूलाई देशब्यापी अभियानमा होमेको थियो । रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएपछि ढकाल देश यात्रामा होमिएका थिए ।
प्रतिवेदन
उनले ‘समीक्षा यात्रा’ टुंग्याएर तयार पारेको‘विश्लेषण प्रतिवेदन’ सभापति लामिछानेलाई बुझाएको प्रतिवेदन बाहिरिएको हो । उनले २०८४ मा पहिलो दल बन्ने नभई रास्वपा विघटनतिर जान सक्ने चेतावनी पनि दिएका थिए ।
महामन्त्री ढकालले देश यात्राका क्रममा २ हजार ५०० सर्वसाधारणसँग कुराकानी गरेको जनाएका थिए । त्यसक्रममा ८० किलोमिटर पैदल यात्रा गरेको उनले बताएका छन् । उनले यो यात्रका क्रममा ४ हजार २१६ किलोमिटर गाडीबाट गुडेको बताएका छन् ।
महामन्त्री ढकाल जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका थिए । उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता-कार्यकर्तासँग संवाद गरेका थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेनले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, अपराधीहरूप्रति सरकार निर्मम हुन्छ’
देशमा अन्योल र अनिश्चयको भूमरीको अवस्था छ: प्रचण्ड
भाेटेकाेशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार २९४ पुग्यो, ५ हजार ५३ जना बेपत्ता
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
सरकार फिल्डमा छैन, फेसबुकमा मात्रै देखियो: भिष्मराज आङदेम्बे
पीडित परिवारले भने– सुरुङमा फसेका मान्छेलाई राज्यले पशुवत् व्यवहार गर्यो
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब