पोखराको नदिपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा स्टक पिचिङ प्रतियोगिता गरिएको छ ।
कलेजमा बिबिए अध्ययनरत विद्यार्थीहरुले नेप्सेमा सूचीकृत भएका कम्पनीहरुको शेयर मूल्यको अवस्था र यसको खरीद विक्री सम्बन्धमा आफ्ना योजना प्रस्तुत गरेका थिए ।
मुक्तिनाथ विकास बैंकको शीर्षकमा आफ्नो तर्क प्रस्तुत गरेका बिबिए चौथो सेमेस्टरका जेम्स शाक्य, अनुप महन्ददार र आयुष पहारीको समूह सर्वोत्कृष्ट बन्न सफल भए ।
नेपाल टेलिकम शीर्षकमा आफ्नो योजना प्रस्तुत गरेका छैटौँ सेमेस्टरमा अध्यनरत अञ्जली पौडेल र सचिन कुमार रामको समूह दोस्रो बने । अञ्जली र सचिन हालै सार्वजनिक भएको पाचौँ सेमेस्टरको नतिजामा पोखरा विश्वविद्यालय टप गर्ने विद्यार्थी समेत रहेको कलेजका बीबीए कार्यक्रम संयोजक हरि अधिकारीले बताए ।
त्यसैगरी, शिवम सिमेन्टको शिर्षकमा आफ्नो योजना प्रस्तुत गरेका आठौँ सेमेस्टरका सन्तोष थापा र एन्जिला सुवेदी तेस्रो बने । प्रतियोगिता ७ ओटा समूहले प्रतिस्पर्धा गरेका थिए ।

प्रथम, द्वितीय र तृतीय बन्ने समूहलाई नगद पुरस्कार क्रमशः पाँच हजार, तीन हजार र दुई हजारका साथमा प्रमाणपत्र, गिफ्ट ह्याम्पर प्रमुख अतिथि समेत रहेकी कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले प्रदान गरिन् ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरुको योजनालाई पोखराका फाइनान्सका निर्देशक प्रतिक गुरुङ र स्टक ट्रेडर सौरभ राज गैरेले मूल्यांकन गरेका थिए । छैटौँ सेमेस्टर दिवा सत्रमा अध्ययनरत बिबिएका विद्यार्थीको आयोजनामा कार्यक्रम भएको हो ।

सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो