पोखरा । गण्डकी प्रदेशस्तरीय टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
यहि असार १९ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको पुरुष सिंगल्स फाइनल खेल भने शनिबार दिनभरी पोखरामा भएको वर्षाका कारण प्रभावित भएको छ । वर्षाले प्रभावित भए संगै आयोजकले अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार फाइनलमा पुगेका खेलाडीहरुलाई बिजेता घोषणा गरेको छ ।
प्रदेशस्तरीय टेनिस पुरुष सिंगल्सको फाइनलमा नेपाल नं १ बरियता खेलाडी प्रदिप खड्का र नेहाल जङ्ग बहादुर थापा पुगेका थिए । आयोजकले दुबै खेलाडीहरुलाई बिजेता मान्दै पुरस्कृत गरेको गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले जनाएका छन् । उनले भने–“हामी बिहान ७ बजेबाट नै तयार भएर बसेका थियौं । तर वर्षाले खेल प्रभावित हुन पुग्यो । अन्ततः हामीले अन्तर्राष्ट्रिय टेनिस महासंघको नियमानुसार दुबैलाई बिजेता मान्दै पुरस्कृत गरेका हौं ।”
बिजेता बनेका दुबै खेलाडी पुरस्कार वापतको रकम जनही रु २२ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै पुरुष सिंगल्सतर्फ शास्वत बज्रचार्य र अनिल साई तेस्रो भए । उनीहरुले जनही नगद रु ३ हजार ७ सय ५० का साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यता महिला सिंगल्सतर्फ प्रिती बराल पहिलो भइन् । उनले नगद रु १५ हजार प्राप्त गरिन् । त्यस्तै आरुषी शेरचन दोस्रो भई नगद ७ हजार ५ सय तथा आहना शेरचन र ग्रिष्मा गुरुङ तेस्रो स्थान प्राप्त गर्दै जनही नगद रु ३ हजार ७ सय ५० का साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
यता पुरुष डबल्सतर्फ प्रदिप खडका र अनिल साईको जोडी पहिलो भएको छ । उनीहरुले निहाल जङ्ग बहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई पराजित गरेका थिए । प्रदिपले र अनिलको जोडीले नगद रु २० हजार तथा उपविजेता बनेको निहाल र दर्शिलले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुदका सदस्य केशव पाठक, गण्डकी प्रदेश टेनिस संघका उपाध्यक्ष द्वय लोक बहादुर गुरुङ र विष्णु बहादुर थापा, महासचिब नविन चालिसे, कास्की टेनिसका सचिब एवं टुर्नामेन्ट डाइरेक्टर नविन श्रेष्ठलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रम गण्डकी टेनिसका अध्यक्ष बिनोद कायस्थको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ गरी २४ खेलाडीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो