नेपाल उद्योग वाणिज्य महासंघमा अबदेखि अध्यक्षमा पनि प्रतिस्पर्धा हुने

नेपाल उद्योग वाणिज्य महासंघमा अबदेखि अध्यक्षमा पनि प्रतिस्पर्धा हुने

fncci

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा अबदेखि अध्यक्षमा पनि प्रतिस्पर्धा हुने भएको छ ।

यस अगाडि वरिष्ठ उपाध्यक्ष सिधै अध्यक्ष हुने व्यवस्था थियो । भवानी राणा वरिष्ठ उपाध्यक्ष हुँदा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था गरिएको थियो ।

अबदेखि अध्यक्षमा पनि प्रत्यक्ष निर्वाचन हुने गरी महासंघले विधान संशोधन गरेको छ । सोमबार बसेको महासंघको सातौं कार्यकारिणी बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । आगामी साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि लागु हुनेछ ।

बर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष भएपछि उक्त विधान लागु हुनेछ । अहिले वरिष्ठ उपाध्यक्ष एक जना रहेकोमा अब २ जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्षसहित ४ जना उपाध्यक्ष रहने व्यवस्था महासंघको विधानमा समेटिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ