नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासको मत लिने कुरा संवैधानिक भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामी संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदैछौँ । आलोपालो सरकारको नेतृत्व गर्दैछौँ’, उनले भने, ‘प्रधानमन्त्रीले यही असार २८ गते विश्वासको मत लिन्छु भन्नुभएको छ । हामीले राजीनामा दिनुपर्छ भनेर केही फाइदा छैन, गर्ने उहाँले हो । उहाँले त विश्वासको मत लिन्छु भन्नुभएको छ ।’
उनले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार बन्छ कि धारा ७६ को ३ अनुसार नयाँ सरकार बन्छ ? भनेर धेरै बहस भएको उल्लेख गर्दै त्यसमा कुनै द्विविधा नरहेको बताए ।
कोइरालाले धारा ७६ को २ अनुसार नै नयाँ सरकार बन्ने दाबी गरे । उनले भने,‘यसमा कुनै कन्फ्युजनमा छैन । अब धारा ७६ को २ अनुसार नै बन्छ भन्ने कुरा म तपाईंहरूलाई बताउन चाहन्छु ।’
धारा ७६ को उपाधारा २ अनुसार पहिलो २ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति दुई दलले गरिसकेका छन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति छ ।
सम्बन्धित खबर
ओली सरकारको १०० दिनका उपलब्धि: सहकारी ठगीमा संलग्नमाथि कारबाहीदेखि कन्सर्टसम्म (पूर्णपाठ)
भिड जम्मा पारेर अदालतलाई प्रभावित पार्ने चेष्टा नगर्न रास्वपालाई ७ दलको आग्रह
कांग्रेस-एमाले मिलेर बनेको सरकार ढाल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली
रास्वपाले न्यायिक प्रक्रिया प्रभावित पार्न खोज्योः कांग्रेस
प्रधानमन्त्री ओलीले आज सरकारका सय दिनको उपलब्धी सार्वजनिक गर्ने
ज्योतिको गल्तीमा म दोषी भए रविको गल्तीमा निकितालाई कारबाही गर्न किन माग नगरेको?: धनराज गुरुङ
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते