बिहीबार बिहान मोरङको सुन्दरहरैँचा नगरपालिकाको एक कुखुरा फार्मका सञ्चालकको हत्या गरेको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ।
मोरङको उर्लाबारी नगरपालिका–४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीय प्रनिसा पाँचकोटी पक्राउ परेका हुन्।
उनीहरुलाई कुखुरा फार्मका सञ्चालक सुन्दरहरैँचा–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।
बजगाईंले सुन्दरहरैँचा–१ कुमार गाउँमा कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए। एसपी कार्कीका अनुसार हत्यामा संलग्न भएको आरोपमामा पक्राउ परेका दम्पती फार्मकै कामदार हुन्। डेढ महिना अघिदेखि उनीहरुले कुखुरा फार्ममै बस्दै, त्यहीँ काम गर्दै आएको खुलेको छ।
फार्मका सञ्चालक बजगाईंको हत्या गरेर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, एसपी कार्कीले भने, ‘प्रारम्भिक अनुसन्धानबाट हत्यामा उनीहरुको संलग्न हुन सक्ने विभिन्न आधारहरु देखिएको छ। उर्लाबारी घर भए पनि हत्या गरेपछि उनीहरु फरार भएका थिए। तीव्रताका साथ खोजी कार्य गर्दा उनीहरुलाई सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित अरुणोदय धर्मशालाबाट बिहीबार साँझ साढे ७ बजेतिर पक्राउ गरेर बेलबारी ल्याइएको छ।’
सञ्चालक बजगाईंले काम गरेको पैसा नदिने र गालीगलौज गर्दै तुच्छ व्यवहार गर्ने गरेका कारण सहन नसकेर हत्या गरेको उनीहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ। बिहीबार बिहान साढे १० बजेतिर कुखुरा फार्मभित्र टाउको क्षतविक्षत अवस्था बजागाईंको शव फेला परेको थियो।
बन्चरो र दाउ प्रहार गरेर उनको हत्या गरेपछि कामदार दम्पती फरार भएका थिए। घटनास्थलबाट रगत लतपतिएको बन्चरो र दाउ बरामद भएको र घटनाको थप अनुसन्धान भइरहेको छ। हत्यामा संलग्नविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीबाटै कर्तव्य ज्यान मुद्दा चल्ने प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने
त्रिविका हरेक संकायको नतिजा एक महिनाभित्र ल्याउनुहोस्: शिक्षामन्त्री
कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा, चीट बाँडे स्वीकार्य नहुने चेतावनी
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’