नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।
नवनियुक्त प्रधानमन्त्री ओलीको सोमबार बिहान शितल निवासमा शपथग्रहणको कार्यक्रम छ। सोही बेला सरकारमा सामेल हुने मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ।
कांग्रेसको संस्थापन पक्षले मन्त्रीहरूको टुंगो लगाइसकेको छ भने नेता शेखर कोइराला-गगन थापा पक्ष भने अन्तिम छलफलमा छ।
कांग्रेसले सरकारमा ९ मन्त्री पठाउने भएकोले कोइराला पक्षले ४ मन्त्री आफ्नो समूहबाट चयन गर्न पाउनुपर्ने अडान राखेको छ भने संस्थापन पक्ष ३ मन्त्री दिने पक्षमा छ।
सभापति शेरबहादुर देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, दिपक खड्का, अजय चौरसिया र ऐनबहादुर शाहीको नाम टुंगो लागेको छ। सांसद तेजुलाल चौधरी पनि मन्त्री बन्दैछन्। उनी राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् ।
उनीहरूको मन्त्रालय टुंगो लागिसकेको छैन। सिंह सहरी विकास, आरजु परराष्ट्र र लेखक गृहमन्त्री हुने चर्चा छ। सभापति देउवा पक्षले ६ जना मन्त्री टुंगो लगाएको हो।
सभापति देउवाको सचिवालयका अनुसार सबै मन्त्रीका नाम प्राप्त भइसकेपछि कसले कुन मन्त्रालय सम्हाल्ने भन्नेबारे टुंगो लाग्नेछ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन