पोखरा । अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा शुक्रबारबाट पोखरामा यु २० खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।
हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा १७ विरौटामा सुरु भएको प्रतियोगिताको पहिलो दिन पाँचौ चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङले खेलले खेलाडीको नेतृत्व विकास सँगै राष्ट्रको नाम उच्च बनाउने बताए । साथै खेलले खेलाडीलाई अनुशासन सिकाउने र अझ बुद्धिचालले विद्यार्थीहरुको बौद्धिक स्तरमा वृद्धि गर्न समेत ठूलो भूमिका खेल्ने सुनाए ।
गुरुङले प्रतियोगिताको विजेतासँग आफुले सोही ठाउँमा बुद्धिचाल खेल्ने बताए । बालबालिकाले आयोजना गरेको प्रतियोगिता सामान्य नरहेको र ग्रासरुटबाट खेलाडी विकास हुनेमा आफु आशावादी रहेको सुनाए ।
क्लबकी उपाध्यक्ष गृस्मा पौडेलले प्रतियोगितामा सबै विद्यार्थीहरुको मात्र सहभागिता रहेकाले यसले पढाइमा समेत ठुलो प्रभाव पार्ने सुनाइन् । बुद्धिचालले व्यक्तिलाई धैर्य, रचना र स्मरणशक्तिमा वृद्धि गर्ने उनको भनाई थियो । प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडी ६ वर्षका हार्दिक बरालले वडा नम्बर १७ का वडा सदस्य विक्रम गुरुङसँग खेल्दै प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
मुख्य निर्णायक रामबहादुर क्षेत्रीले स्विस लिगको आधारमा प्रतियोगिता भएको जानकारी दिए । उनका अनुसार स्विस लिगमा ९ चरणका खेल हुनेछन् । जसमध्ये पाँचौ चरणसम्मका खेल सकिएको र भोलि बाकीँ चरणका सबै खेल हुने र च्याम्पियनको टुंगो लाग्ने छ । हरेक सहभागी खेलाडीले ९ चरणमा खेल खेल्नुपर्नेछ । दुई दिनसम्म चल्ने प्रतियोगितामा कुल ११० जना खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा यु–१० (२५जना सहभागि), यु–१६ (२५जना सहभागि), यु–१९ (४५जना सहभागि) तथा खुल्ला प्रतियोगिता (१३जना सहभागि) हुनेछ । खुल्लातर्फको विजेताले नगद दुई हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले एक पाँच सय र तेस्रो हुनेले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो र पाँचौ हुनेले समान पाँच–पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीका लागि एक हजार र ट्रफी पुरस्कार रहेको छ । यस्तै यु१०, १६ र १९ मा प्रथम हुनेले भने पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । बाल क्लबका अध्यक्ष परिवेश थापाले महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता नभई एकै प्रतियोगिता भएको र जसको बढी अंक आउँछ उही प्रथम हुने बताए । उनले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिए । पोखरा महानगरपालिकाको सहकार्यमा हुन लागेको प्रतियोगितालाई फिडे, नेपाल बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघले अधिकार दिएको छ ।
प्रतियोगितामा राधाकृष्ण कार्भिङ र आमोल दुग्ध उद्योगले सहयोग गरेको छ । दुई दिन चल्ने प्रतियोगिता पोखरा १७ विरौटास्थित ग्यालेक्सि बेन्क्युटमा जारी प्रतियोगिता भोलि समापन हुनेछ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो