काठमाडौँ — नयाँ आउने दलहरूलाई पुराना दलहरूले आफूजस्तै बनाएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताएका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि कांग्रेस र एमालेले आफूजस्तै बनाएको भुसालको भनाइ थियो ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा भुसालले राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट कांग्रेस—एमालेले घुस खान सिकेको बताए । कांग्रेस र एमाले दुवै राजनीतिक दल मिलेर माओवादीलाई घुस खान सिकाएको उनले बताए ।
‘हामीले घुस खान कसरी सिक्यौँ भन्दा राजाले कसरी सिके, त्यो परम्परामा सिके । अन्तबाट पनि सिके होलान् । कांग्रेसले राजाबाट सिक्यो । संस्थागत रुपमा भन्ने लाग्छ मलाई । हामी एमाले भएर कांग्रेसबाट सिक्यौँ, उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ,’ भुसालले भने, ‘कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ, हामीले आफू जस्तै बनायौँ ।’
राजनीतिक दलका नेताहरूले नसिक्नुपर्ने कुरा बढी सिक्दा समस्या आएको भुसालको भनाइ थियो । ‘यो मुलुकले किन दुःख पायो भन्दा यसरी नसिक्नु पर्ने कुरा सिक्यौँ । जनताको बहुदलीय जनवाद भन्यौँ, काम राज्य दोहनकै गर्यौं,’ उनले भने ।
माओवादीले २०६२/०६३ मा जनवादी क्रान्ति दाबी गर्नुपर्ने भएपनि नसकेको भुसालको भनाइ थियो ।
सम्बन्धित खबर
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रबिले भने: अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ
देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण