पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् ।
१ सय ४ जना खेलाडीलाई पछि पार्दै उनी च्याम्पियन बनेको प्रतियोगिता संयोजक रामबहादुर क्षत्रीले बताए । फिडेको रुल्स् स्वीस म्यानेजर सिस्टम सफ्वेयरमा आधारित खेलमा उनले सर्वाधिक ८ अंक ल्याए ।
दोस्रो भएका कौशल थापाको समेत ८ अंक रहे पनि रेटिङ आधामा ईश्वर प्रथम भएका हुन् । अनिज पोखरेल ७.५ अंकका साथ तेस्रो भए । प्रथम, दोस्रो र तेस्रोले क्रमशः २ हजार, १५ सय र १ हजार साथमा पदक र प्रमाणपत्र पाए । आदर्श गौतम चौथो भए । १७ औं स्थानसम्म क्रमश सुजन रानाभाट, रोशन कार्की, अमीत केसी, रोशन पुन, उज्ज्वल थापा, खुसीराज मगर, एन्जल शाही ठकुरी, अनुकूल गुरुङ, अस्विन खत्री, एलेक्स राई, उविन बिक, राज गुरुङ र गणेश गुरुङ परे ।
सबैभन्दा सानो उमेर समूह यु–१० तर्फ गण्डकी प्रदेश बुद्धिचाल संघबाट सहभागी प्रशंसा भण्डारी प्रथम हुँदा गण्डकी बोर्डिङका आरोन नेपाल दोस्रो भए । उनीहरुले समान ५ अंक ल्याएकोमा रेटिङमा प्रशंसा पहिलो भइन् । यु–१६ इभेन्टमा संगम सिंखडा र यु–१४ मा संकल्प श्रेष्ठ प्रथम भए । बेस्ट गल्र्समा सुष्मा खत्री परिन् । सबैभन्दा कान्छा ६ वर्षीय हार्दिक बरालसमेत पुरस्कृत भए ।
२ दिनसम्म बिरौटास्थित ग्यालेक्सी बैंक्युटमा ५२ बोर्डमा ९ चरणमा खेल भएको हो । सानाठूला सबै खेलाडी एकअर्कासँग भिडेका थिए ।
शनिबार समापनमा गण्डकी प्रदेशका पूर्व मन्त्री एवं राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल संघ अध्यक्ष युवराज भण्डारी, पोखरा महानगरपालिका बुद्धिचाल संघ अध्यक्ष चन्द्र गुरुङ, पोखरा १७ का वडा सदस्य विक्रम गुरुङ, क्लब संरक्षक भोजराज बराल, बुद्धिचाल संघ कास्की कोषाध्यक्ष एवं नेशनल आर्विटर नरेन्द्र रानाभाट, समाजसेवी पवित्रा थापा, क्लब अध्यक्ष परिवेश थापा लगायतले विजयीलाई पुरस्कार वितरण गरे ।
क्लब अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गृष्मा पौडेलले स्वागत र सचिव सृजन केसीले सञ्चालन गरेका थिए ।
क्लबले दोस्रो संस्करणको रुपमा यो प्रतियोगिता आयोजना गरेको हो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह