पोखरा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताएका छन् ।
शनिबार ४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिए ।
‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं । जसले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’ उनले भने ।
अधिकारीले युवाहरूलाई काम गरेर श्रममा बाँच्दै आफ्नो पौरखमा अगाडि बढ्न आग्रह समेत गरे । युवा संघ कास्कीले बाढी पहिरो लगायतका विपद्मा परेका जनताको उद्धारमा सक्रिय सहभागिता जनाएर नमुना काम गरेको बताउँदै अबका दिनमा अझ सुदृढ एकतावद्ध बनेर आलोचना गर्नेलाई कामबाट जवाफ दिन आग्रह समेत गरे ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज विक्रम गुरुङ, कास्की सचिव उमेश गुरुङ लगायतले बोलेका थिए ।
पोखराको पृथ्वीचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७८ युनिट रगत संकलन भएको अध्यक्ष पौडेलले जानकारी दिए ।
४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेकपा एमाले जिल्ला कमिटी कास्कीको आयोजनामा साउन ६ गते बिहान ७ बजे जिरो किमी देखि पुष्पलाल पार्कसम्म सरसफाई कार्यक्रम तथा साउन ७ गते साईमन पार्टी प्लालेस सिर्जनाचोकमा बिहान ११ बजे ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र वर्तमानको कार्यभार’ विषयक विचार गोष्ठीको आयोजना हुने एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले बताए ।
सम्बन्धित खबर
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रबिले भने: अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ
देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण