प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा छाएको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन्।
प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले देशलाई विकास र समृद्धितर्फ हिँडाउन बलियो प्रणाली नभइकन नहुने बताए।
‘बिनास्थायित्व बलियो प्रणाली नबन्ने रहेछ भन्ने कुराको हामी आफैं साक्षी हांै। म आज प्रतिपक्ष लक्षित कुनै टिप्पणी गर्न चाहन्नँ। तर, यति चाहिँ भन्छु— नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता बलिया पार्टीले पटकपटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समातेन। सरकारले थिति बसाल्न सकेन। थिति बसाल्ने रुचि पनि राखेन। जसको कारण समाजमा अनेकन् दुषित परिणाम निस्कने खतरा बढ्यो।’
त्यसलाई दुई दलले टुलुटुलु हेरेर बस्न नसकेको बताए।
‘यही कुरालाई आत्मसात् गरी पुरानो सरकारको ठाँउमा यो नयाँ सरकार बनाएका हौं। हामी सबैलाई थाहा छ— नेकपा (एमाले) र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी हुन्। हामी विचारमा प्रतिस्पर्धा गर्छौं। तर खास समयमा यी दुई पार्टीले सहकार्य गरेका छन् र देशलाई परिणाम पनि दिएका छन्,’ उनले भने।
उनले २००७ सालमा राणा शासनको अन्त्यका लागि एक भएको सन्दर्भ उल्लेख गरे। त्यस्तै २०४६ सालमा निरकुंश पञ्चायत फाल्न एक भएको पनि स्मरण गरे।
उनले २०६२÷६३ मा देशमा फैलिएको सशस्त्र हिंसाको आगो निभाउन र राजतन्त्र फाल्न एकमत भएको र त्यसैको जगमा अरु शक्तिलाई साथमा लिंदै यी दुई पार्टीले संविधान निर्माणको नेतृत्व गरेको पनि बताए।
पूर्णपाठ
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ