काठमाडौँ- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य गरेका छन्।
उनले पूर्ववर्ती गठबन्धनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनिएकोमा ओलीले लात्तीले हानेर आफूचाहिँ स्वर्गतिर लागेको बताए।
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले पेस गरेको विश्वासको मत लिने प्रस्तावको छलफलमा उनले ओलीलाई आत्मालोचना गरेर समाजवादी बाटोमा जान अनुरोध गरे।
‘पाँच वर्ष स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने भनिएको आफू स्वर्गतिर लाग्यो अर्कोलाई लात्तीले हिकाएर नर्कतिर पठायो,’ उनले भने। कसमको भुल भुलैया सिर्जना गरेर डंका पिटिएको उनले बताए।
नेपालले कांग्रेस र एमालेले १७ असारको मध्यरातमा गरेको सहमतिलाई छलछामको संज्ञा दिए। ‘छलछामयुक्त सहमतिले जनतामा निराशायुक्त क्यान्सर निवारण गर्न सक्नुहुन्छ कि हुँदैन ?,’ उनले भने।
नियत खराब नभएको भए मध्यरातमा किन सहमति गर्नुपरेको भन्दै उनले प्रश्न गरे। खुला छलफल गरेर एजेन्डा मिल्नेसँग सहमति गर्न सकिने नेपालले बताए।
उनले प्रधानमन्त्रीलाई आत्मालोचना गर्ने प्रवृत्तिको विकास गर्न पनि ओलीलाई आग्रह गरे।
‘तपाईले पनि कहिलेकाहीँ आत्माआलोचना गर्दा सहकर्मीहरू, सहयात्रीहरू, कम्युनिष्ट पार्टीहरू र नेपाली जनताहरू खुशी पो हुन्छन् कि त्यसकारण विगतलाई समीक्षा गर्दै आत्मआलोचना पनि गर्ने फुर्सद निकाल्नुहोला सामान्य अनुरोध,’ उनले भने।
उनले ओलीलाई सामान्य अनुरोधबाहेक अरू केही गर्न नसक्ने बताए। तर नेतृत्वमा पुग्ने व्यक्ति विश्वासयोग्य इमानदार र प्रतिष्ठा कायम गरेको र जनताले गौरव गर्ने आलोचना सुन्न सक्ने हुनुपर्ने नेपालले बताए।
‘यदी जनताले स्थायित्व नै खोजेको भन्ने ठानिएको हो भने दुइटा पार्टीको एकता आवश्यकता थियो? एउटै पार्टीले बहुमत ल्याएकै थियो विगतमा यो अनुभव तपाईंमा पनि थियो नि।किन टिकाउन सकिएन, बहुमतको सरकार किन टिकाउन सकिएन? किन समझदारी कायम राख्न सकिएन र असमझदारी हल गर्न सकिएन? यसको अलिकति भएपनि समय निकालेर आत्मालोचनाको भावनामा चलेर काम गर्नुहोला,’ उनले भने।
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन