काठमाडौं । सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा सो एयरलाइन्स व्यवस्थापन समूहका ५ जना दुर्घटनामा परेका छन् ।
विमानमा सवार पाँचमध्ये चारजना सौर्य एअरलाइन्सले गुमाएको छ भने एक दर्जन दक्ष इन्जिनियर पनि गुमाउनु परेको छ । पोखराका लागि उडेको विमानमा एक महिला र बालक लगायत अरू एअरलाइन्सकै प्राविधिक तथा इन्जिनियर थिए ।
बुधवार अन्तर्राष्ट्रिय विमानस्थल स्थित बुद्ध एयरको ह्याङ्गर पछाडिको खाली भागमा सौर्य एयरको ९–एनए एमई विमान दुर्घटना भएको हो ।
सौर्यका ‘सुरक्षा प्रमुख सागरकुमार आचार्य, वायुगोग्यता व्यवस्थापक (सिएएमओ) अश्विनकुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौड्याल, र चिफ अफ क्युए (क्वालिटी अफिसर) दिलीप बर्मा विमानमा सवार थिए ।
चिफ अप अपरेसन्स मनिष रत्न शाक्य थिए । विमान चिफ अप अपरेसन्स तथा क्याप्टेन मनिषरत्न शाक्यले उडाएका हुन् । उनी बाहेक सबैको ज्यान गएको छ । क्याप्टेन शाक्यको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार हुँदैछ ।
विमानमा सवार १८ जनाको मृत्यु भएको छ । विमानका कोपाइलट सुशान्त कटुवालको पनि मृत्यु भएको छ ।
विमानका मनुराज शर्मा, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा थिए । यस्तै उद्धव पुरी, सन्तोष महतो, पुण्य रत्न शाही र विदेशी इन्जिनियर आरिफ रेडा सवार थिए ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन