काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुर्घटनास्थल पुगेका छन् ।
सौर्य एयरलाइन्सको जहान बुधबार बिहान ११ :११ बजेट दुर्घटना भएको थियो । दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । पाइलटको घाइते अवस्थामा उद्धार भएको छ ।
घटना लगत्तै गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेसहित उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए । उद्दार र विमान दुर्घटनाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री ओली पनि पुगेका हुन् ।
ओलीले बुधबार (आज) भएको सौर्य एयरको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले भने, ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु।”
गृहमन्त्री लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्ने बताएका छन्। लेखकले दु:खद घटना घटेको र यसको छानबिन गर्ने बताएका छन्।
‘दु:खद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौं,’ लेखकले पत्रकारहरूसँग भने, ‘विस्तृतमा छानबिन गर्छौं।’ जहाज दुर्घटनापछि अग्निनियन्त्रकहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत उद्धारमा खटिएका थिए।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन