पोखरा । आजदेखि फ्रान्सको पेरिसमा ३३ औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिता सुरु हुँदैछ । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको ३३ औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिसमा पूर्ण रूपमा तयारी गरिएको छ ।
दुई सयभन्दा बढी देशका खेलाडीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता २७ गतेसम्म चल्नेछ । सहभागी खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्नेछन् । यस ओलम्पिकमा ४ नौला खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ । यीमध्ये तीन खेल टोकियो ओलम्पिकमै खेलाइएका थिए । ब्रेकिङले भने ओलम्पिकमा पदार्पण गर्नेछ ।
खेलका लागि ३० हजार स्वयंसेवक परिचालन गरिएको छ । पेरिस ओलम्पिक एक करोड तीस लाख मानिसले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । आयोजकका अनुसार टेलिभिजनमार्फत् चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी छ । पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेको छ ।
प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीको सहभागिता रहेको छ । जसमा टेबलटेनिसकी स्यान्टु श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ छन् । प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा स्यान्टु र मनिताले संयुक्त रूपमा बोक्ने छन् । स्यान्टु क्षेत्रिय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी भएका हुन् ।
सम्बन्धित खबर
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपको तयारी तीव्र
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन सिटिजन फर्निचरले गर्ने
स्याङ्जाको काल्खु मेलामा प्रिक्वाटर सकियो
अन्तर इक्यान राष्ट्रिय फुटसलमा पूर्वाञ्चललाई हराउँदै कास्की विजयी
मनुश्री भिग्नजीतमा दर्शिल र सारालाई दोहोरो उपाधि
पोखरामा क्लासिक सुईट्स टि– २० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप हुँदै
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते