पोखरा वडा नं. १५, मितेरी टोल स्थित मितेरी ढलान बाटो र ब्याडमिन्टन हलमा स्तरीय म्याटको उद्घाटन गरिएको छ ।
पोखरा वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले शनिबार एक कार्यक्रमका बीच २३ लाख लागतमा निर्मित ढलान बाटो शुभारम्भ गरेका हुन् । यस्तै, ब्याडमिन्टन हलमा राखिएको नयाँ स्तरीय म्याटको पनि उद्घाटन गरियो ।

मितेरी स्पोर्टस् एण्ड ब्याडमिन्टन क्लबका अनुसार वडाको २ लाख २५ हजार बजेट र जनसहभागिता २ लाख २५ हजार गरी कूल ४ लाख ५० हजार लागतमा ब्याडमिन्टन कोर्टमा नयाँ स्तरीय म्याट ओछ्याइएको हो ।
वडाध्यक्ष बानियाँले स्थानीयको उत्साहपूर्ण जनसहभागिताकै कारण विकास निर्माणका कार्य सम्भव हुने बताए । उनले वडाबासी स्वस्थ भए मात्र समृद्ध हुने बताउँदै स्वास्थ्य नै ठूलो कुरा भएकाले खेलकुदलाई वडाले प्राथमिकता दिएको उल्लेख गरे ।

वडाध्यक्ष बानियाँले ब्याडमिन्टनका प्रमुख रेफ्री ज्ञानबहादुर भण्डारीलाई कक् हस्तान्तरण गरी प्रतियोगिता शुभारम्भ गरेका थिए । प्रतियोगिता संयोजक लालबहादुर गुरुङका अनुसार ४३ टीमको सहभागिता रहेको छ ।
प्रथम हुनेलाई ८ हजार, द्वितीय हुनेलाई ६ हजार र तृतीय तथा चतुर्थलाई ३/३ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

मितेरी टोल बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १५ का जनप्रतिनिधिहरु कार्यपालिका सदस्य एवं वडा सदस्य मन्दिरा परियार, वडा सदस्य आशिष भण्डारी, बलराम पौडेल र सेतीमाया गुरुङको पनि उपस्थिति रहेको थियो ।

उक्त अवसरमा मितेरी टोल विकास संस्थाकी अध्यक्ष मनमाया गुरुङ तथा स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।



सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह