नेकपा एमालेले गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दीर्घकालीन निर्णय नलिन चेतावनी दिएको छ। एमाले गण्डकी प्रदेश कमिटीले विज्ञप्तीमार्फत पाण्डे सरकारलाई सचेत बनाएको हो ।
संघीय तहमा नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त सरकार गठन गरिसकेको र त्यसैअनुरूप प्रदेशहरूमा पनि सरकार गठन-पुनर्गठन भइरहेका बेला एमालेसँगको सहमतिबिना दीर्घकालीन निर्णय नलिन भन्दै एमालेले गण्डकी प्रदेशको सरकारलाई सचेत गराएको हो।
गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन्। यहाँ एमाले सरकारमा सहभागी भइसकेको छैन।
एमाले गण्डकी सचिव धनञ्जय दवाडीले बुधवार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमाले र नेपाली कांग्रेसको सहमतिमा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वलाई दुई तिहाई मतको विश्वास प्राप्त भई सरकारले कार्यारम्भ गरेको छ। केन्द्रीय राजनीतिमा भएको छलफल र सहमतिलाई कार्यान्वयन गर्न प्रदेशस्तरमा दलहरूबीच समन्वय भई प्रदेशका सरकारहरू गठन पुनर्गठन पनि भइरहेका छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘गण्डकी प्रदेशको सरकारमा नेकपा एमालेको संलग्नता नभई दीर्घकालीन असर पुग्ने निर्णय गरिएकोमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ। दुई दलका बीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालित हुने हुँदा सहमतिविपरीत दीर्घकालीन असर पर्ने निर्णय नलिन गण्डकी प्रदेश सरकारलाई नेकपा एमाले आग्रह गर्दछ।’

सम्बन्धित खबर
गण्डकीमा अखिल पदाधिकारी तहमा अञ्जली मात्रै, लेखा आयोग अध्यक्षमा सहज जीत
अनेरास्ववियु अध्यक्षमा कडरिया झिनो मतले विजयी, गण्डकीका प्रकाश ७ मतले पराजित [पूर्ण नतिजा]
मुलुक पुरानो व्यवस्थामा फर्कन सम्भावना छैनः प्रचण्ड
अखिल अध्यक्षमा प्रकाश पौडेल र डा. सुजन कडरियाको उम्मेदवारी, बन्यो दुई समूह
५२ संवैधानिक पदाधिकारीबारे फैसला साढे ४ वर्षपछि आज
पीएन स्ववियु अध्यक्ष विष्णु अनेरास्ववियु अनुशासन आयोग अध्यक्षका उम्मेद्वार
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ