नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । कास्कीकाे इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य कृष्ण थापालाई ताेकिएकाे हाे ।
थापाले यस अघि पनि कास्की इञ्चार्जको जिम्मेवारीमा रहिसकेका छन् ।
बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय कमिटीमा मनोनयन र प्रदेश इन्चार्ज तोक्नेलगायत निर्णय गर्ने क्रममा जिल्ला इन्चार्जको जिम्मेवारी पनि तोकेको हो ।
कास्की प्रभा काेइरालालाई केन्द्रीय सदस्यमा मनाेनित गरिएकाे छ।
यस्तै, पूर्व अध्यक्ष राजीव पहारीलाई राष्ट्रिय युवा संघ नेपालको इन्चार्ज बनाएको छ । एमाले सचिवालय बैठकले युवा नेता पहारीलाई एमालेको भातृ संगठन युवा संघलाई कमाण्ड गर्ने गरी जिम्मेवारी तोकेको हो ।
राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष पहारी गण्डकी प्रदेश सभाका पूर्व सदस्य थिए । युवा संघको अध्यक्ष हुँदा मधेशमा पार्टीको अभियान चलाएपछि पहारी अध्यक्ष केपी शर्मा ओलीको प्रिय बनेका थिए ।
पहारीले युवा संघको इन्चार्जका अतिरिक्त कास्की निर्बाचन क्षेत्र नम्बर ३ को इन्चार्जको जिम्मेवारी समेत पाएका छन् । कास्कीका नेताहरुमा दोहोरो जिम्मेवारी पाउने उनी मात्रै हुन् ।
यस अघि युवा संघको इन्चार्ज महेश बस्नेत थिए । बस्नेतले भक्तपुर जिल्लाकी इन्चार्जको जिम्मेवारी पाएका छन् ।
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन