पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आधार शिविरमा भेटिएको मानव अवशेष पदयात्राका क्रममा बेपत्ता भएका स्वीडेन युवककै हुन सक्ने दाबी प्रहरीले गरेको छ ।
हालसम्मको प्राप्त प्रमाणका आधारमा उक्त कंकाल स्वीडनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्गकै भएको देखिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मिचल लिउले लगाएको ट्राउजर र भेटिएको ट्राउजर उस्तै देखिएकाले स्विडिस नागरिक हुने दाबी पुष्टि हुने जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख मोहन थापाले जानकारी दिए ।
यद्यपि उनले अनुन्धान टोली कंकाल भेटिएको ठाउँमा जाँदै गरेको बताए ।
५ जनाको प्रहरी टोली, वडाध्यक्ष हरिबहादुर क्षेत्रीको नेतृत्वमा भेडी गोठाला, मालिक त्यसतर्फ हिँडेका छन् । घटनास्थलमा भने टोली भोलिमात्र पुग्नेछ ।
मिचल गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता भएका थिए । मर्दी हाइ क्याम्पबाट बिहान ४ बजेतिर बेस क्याम्प हिँडेका २० वर्षीय लिउ बेलुका होटल नफर्किएपछि खोजी सुरु भएको थियो । केही दिन हेलिकप्टरसहित खोजी जारी राखे पनि उनको अवस्था अज्ञात छ ।
भेडीगोठालोले निगालोघारी नजिकै कंकाल फेला पारेका हुन् । भालुले खाएर हाडखोर मात्र बाँकी रहेको हुनसक्ने अनुमान छ ।
सम्बन्धित समाचारः
मर्दी ट्रेक रुटमा मानव कंकाल, ट्रयाकसुट र मोबाइल फेला
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला