गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रीको हैसियतले कामगर्दा चुक्न परे पद नै छाडिदिने उद्घोष गरेकी छन् ।
आइतबार बिहान गृह जिल्ला कास्कीमा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले आफूलाई काम गर्नकै लागि सरकारमा लगिएको भन्दै उनले काम गर्ने क्रममा कतै चुक्नुपर्ने परिस्थिति आयोभने चुक्नुभन्दा पहिले पद त्याग गर्ने बताएकी हुन् ।
मन्त्री भट्टराईले अफूले नीति, नियम र असल नियतले मुलुक र समग्र शिक्षा क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिवद्धता जनाइन् । ‘मैले नीति र नियम अनुरुप शिक्षा सुधारका निम्ति असल नियतका साथ काम गर्ने हो ।’ उनले भने, ‘कतै चुक्नुपर्ने परिस्थिति आएछ भने चुक्नु पहिले नै पद छाडनेछु । तर, कतै चुक्ने छैन ।’
अघिल्लो शिक्षामन्त्रीले थालेका राम्रा कामलाई आफूले निरन्तरता दिने बताएकी उनले लोकप्रियतावादी विचारलेमात्र समाजलाई सही ठाउँमा नपुर्याउने तर्फ सचेत गराइन् । ‘मैले अघिल्ला मन्त्री ज्युहरुले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु । निस्कर्षमै पुर्याउँछु । तर लोकप्रियतावादी विचारले मात्र समाजलाई सही ठाउँमा पुर्याँदैन भन्नेमा म प्रष्ट छु’ उनले भनिन् ।
उनले थपिन्, ‘तर, शिक्षकहरुलाई अनावश्यक लाञ्छना लगाउने, झोले हुन् भन्ने, बेठिक हुन् भन्ने तिनै शिक्षकहरुले विद्यालय धान्नपर्ने कुराले मलाई लाग्छ हामीले खोजेको गुणस्तरीयता पाउन नसकिँदैन। लोकप्रियतावादी विचारले मात्रै समाजलाई नेतृत्व गर्न सक्दैन। हामी लोकप्रिय पनि हुनुपर्छ। व्यवहारिक पनि हुनुपर्छ।’
देशमा केही गर्न सकिन्छ भन्ने भाष्य निर्माण गर्नुपर्ने र त्यसका लागि आफूले काम गर्ने उनको भनाई छ । अहिले अभिभावक र केही जान्ने बुझ्नेले समेत नेपालमा केही हुँदैन । अध्ययन गर्न वा रोजागारी गर्नसमेत बाहिरै जानुपर्छ भनेर देशमा केही हुन्नँ, सकिँदैन भन्ने भाष्य निर्माण गरिएमा दुःख व्यक्त गर्दै उनले यसलाई बदल्नेगरी काम गर्नुपर्ने दायित्व आफू र वर्तमान सरकारमा रहेको उनले सुनाइन् ।
देशमा राम्रा राम्रा समुदायिक विद्यालय पनि रहेको चर्चा गर्र्दै उनले त्यसका सहि प्रचार गर्न नसकिएको धारणा राखिन् । समुदायीक विद्यालयको गुणस्तर सुधारको योजना ल्याइने र निजी विद्यालयलाई पनि नियमन गरिने बताइन् । छिनछिनमा परीक्षा प्रणाली बदलिँदा एसईई दिएका विद्यार्थी मर्कामा परेको स्विकार गर्दै यससम्बन्धि गहिरिएर अध्ययन गरेर स्थिरढंगले परीक्षा मोडेल तय गर्नुपर्नेमा आफूले जोड दिने उनको भनाई छ ।
भट्टराईले विद्यालय शिक्षा ऐन विचाराधीन संसदीय समितिमा छलफल भइरहेकाले छिट्टै टुंगिने बताएकी छन् ।
‘विद्यालय शिक्षा ऐन विचाराधीन छ। संसदमा छलफल चलिराखेको छ। शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड त्यसले बनाइसकेको छ,’ उनले भनिन्,’यदि शिक्षकहरू आरोपित हुँदाखेरी हामीसँग छुट्टाछुट्टै ऐनहरू छदैछन्। यी ऐनहरुमार्फत उहाँहरू कारवाहीमा पर्ने आधारहरू अलरेडी छन्। भएका ऐनहरू कार्यान्वयन गर्ने कुरामा सरकार दत्तचित्त भएर लाग्छ।’
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन