काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवनको उत्तरार्धमा भएपनि जोस र जाँगर २२,२५ वर्षको भन्दा कम नरहेको बताएका छन् ।
Tata
Folliderm
बुधबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित हुम्ला–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले माओवादीबाट फुटेका पार्टीहरू पनि जुट्ने अवस्था आएको भन्दै अव माओवादीमा रहेका गुटहरू सशक्त कार्यक्रममार्फत अन्त्य गरिने बताए ।
Shivam Cement
उनले क्रान्ति र माओवादी केन्द्रप्रति नेपाली जनताको आशा नमरेको भन्दै पार्टीलाई आगामी २०८४ को निर्वाचनमा असाधारण पुनर्जागरण गर्न सकिने बताए ।
Nabil bank
‘हुन त म जीवनको उत्तरार्धतिर छु । ७० भन्दामाथि जानु भनेको उत्तरार्ध नै हो । तर मेरो जोस २२,२५ वर्षको भन्दा कम छैन’, प्रचण्डले भने, ‘म अझैपनि हिँड्न र दौडन सक्छु भन्ने विश्वास छ ।’
अध्यक्ष प्रचण्डले क्रान्तिप्रति माओवादीको भरोसा नमरेको पनि बताए ।
‘हामीले एकचोटी मेहनत गर्यौ भने २०६४ मा भोट हाल्ने जनता पनि जोडिन्छन् । ८४ मा जाँदा हामी साँच्चै असाधारण ढंगले रिभाइभ हुने, फेरि पुनर्जागरण हुने सम्भावना छ’, प्रचण्डको भनाइ छ ।
उनले पार्टीमा रहेको गुटका कारण पार्टी फुट्ने चिन्ता रहेपनि अव त्यो चिन्ता लिन नपर्ने बताए ।
‘तपाईँहरूलाई चिन्ता छ । पार्टीमा गुटै गुट । पार्टी फेरि फुट्ने पो होकी भन्ने । पार्टी अव फुटतिर होइन । हिजो फुटेकाहरू पनि जुट्नेतिर आएका छन्’, प्रचण्डले भने, ‘छिटै तपाईँहरूले समाचार सुन्नुहुनेछ । हिजो माओवादीबाट अलग भएर धरै गर्छौ भन्ने सपना बोकेका साथीहरू पनि अव एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नुभाछ ।’ उनले फुटेकाहरू पनि जुट्ने परिस्थिति बनेको भन्दै पुनः आफू त्यस्तो पार्टीको नेतृत्व गर्न तयार रहेको बताए । उनले पार्टी फुट्न नदिने भन्दै गुटहरूलाई सशक्त कार्यक्रममार्फत अन्त्य गरिने दाबी गर्दै पार्टी फुट्छ भन्नेकुरा दिमागबाटै हटाउन आग्रह गरे ।
फरक प्रशंगमा प्रचण्डले आफूले सरकार छोड्दै गर्दा देशमा एउटा भाष्य बनेको भन्दै भ्रष्टाचारविरुद्ध नेपालको इतिहासमै नभएका फायलहरु खोलिएको बताए । उनले भ्रष्टाचारीहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएपनि भ्रष्टाचारीहरू डराएर माओवादीलाई सरकारबाहिर पारेको बताए ।
साथै, बिराटनगरमा आयोजित प्रशिक्षणमा प्रचण्डले सत्ता निर्माणको खेलमा नअल्मलिने बताए। प्रधानमन्त्रीबाट हटेपछि पार्टी गतिविधिमा फर्केका प्रचण्डले पछिल्ला कार्यक्रमहरुबाट सत्ता निर्माणको खेलमा नअल्मलिने बताइरहेका हुन् ।
प्रचण्डले अवसर आए पनि यो संसदीय कार्यकालभर आफू प्रधानमन्त्री नबन्ने घोषणा गरे । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकार लामो समय नजाने अनुमान गर्दै प्रचण्डले भनेका थिए, ‘सरकारमा जाने सम्भावना भएपनि म जादिनँ, पार्टीकै अर्कै साथीलाई सरकारको नेतृत्व गर्न पठाउँछु ।’
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण