अविरल वर्षाको कारण गत जेठ २८ देखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी अहिलेसम्म १ सय ६७ जनाको मृत्यु भएको छ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६७ जनाको मृत्यु भएको हो।
काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेशमा १० जना, बागमतीमा १९ जना, गण्डकीमा ४४ जना, लुम्बिनीमा १३ जना, कर्णालीमा ५१ जना र सुदूरपश्चिममा १४ जना गरी जम्मा १ सय ९९ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, काठमाडौं उपत्यकामा २८ जना, कोशीमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, कर्णालीमा २ जना र सुदूरपश्चिममा ५ जना गरी जम्मा १ सय १० जनाको उद्धार गरिएको छ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमतीमा ४२ जना, गण्डकीमा ४ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा १ जना गरी ५० जना बेपत्ता छन्। बेपत्ताको खोजी कार्य जारी छ।
बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन्। २ सय ६८ वटा घर, १ सय वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।
७ सय ६३ वटा पशुचौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ७२ घर परिवार विस्थापित भएका छन्।
सम्बन्धित खबर
मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थपिने
‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी प्रतिनिधि सहभागी हुने
पेट्रोलियम पदार्थको मूल्य घट्यो
आज देशभरको मौसम कस्तो रहन्छ?
सगरमाथा आरोहणका क्रममा एक फिलिपिन्सका नागरिकको मृत्यु
शून्य बेरुजु हुने एकमात्र गाउँपालिका ‘महाभारत’
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु