बाँकेमा स्कुल बसको ठक्करबाट गोठालो गएका युवक र १८ खसीबाख्राको मृत्यु

दुर्घटना

बाँकेमा स्कुल बसको ठक्करबाट गोठालो गएका युवक र १८ खसीबाख्राको मृत्यु

school-bus-accid

बाँकेमा एउटा स्कुल बसले ठक्कर दिँदा एक युवकको ज्यान गएको छ । उनले चराइरहेका १८ वटा खसी-बाख्रा पनि मरेका छन् ।

कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले बिहीबार अपरान्ह ५ बजे ढकेरी पुलमा ब्राख्रा र गोठालो गएका पुरुषलाई ठक्कर दिएको थियो ।

ज्ञान कुञ्ज स्कुल कोहलपुरको बसले ठक्कर दिँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको हो । बसले हान्दा अन्य बाख्रा पनि घाइते भएका छन् ।

घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेका थिए । युवक र बाख्राका शव सडकमै राखेर प्रदर्शन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ