नेपाली सेनाको कमाण्ड अशोकराज सिग्देलले सम्हालेका छन् । प्रधानसेनापति प्रभुराम शर्मा बिदा बसेपछि सिग्देलले बिहीबारदेखि सेनाको कमाण्ड सम्हालेका हुन् ।
अवकाशअघि शर्मा बिदा बस्ने भएपछि सरकारले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी सिग्देललाई दिएको थियो ।
बिहीबार जंगीअड्डामा आयोजित समारोहमा शर्माले सैनिक ऐन २०६३ को दफा ८ को उपदफा (३) अनुसार मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णयबमोजिम राष्ट्रपतिले साउन २५ गते (शुक्रबार) देखि कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी दिइएका बलाधिकृत रथी सिग्देललाई प्रधानसेनापतिको कार्यभार बुझबुझारथ गरेका छन् ।
सेनाको सहायक सेनानी दर्जाबाट सेवा सुरु गरेका शर्मा ४१ वर्षसम्म कार्यरत रहेर प्रधानसेनापतिबाट अवकाशमा जान लागेका हुन् । उनी आगामी भदौ २४ गतेदेखि पदावधिको हदले अनिवार्य अवकाशमा जाँदैछन् । नेपाली सेनाको प्रचलित नियमअनुसार उनी मिति शुक्रबारदेखि २५ बिदामा बस्दैछन् ।
बिदाइ तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा पूर्व प्रधानसेनापतिहरू, रक्षा सचिव लगायत रथी, रक्षा मन्त्रालयका पदाधिकारी, अधिकृत, पदिक तथा सकल दर्जाको उपस्थिति थियो ।
कार्यक्रममा प्रधानसेनापति शर्माले सेनाको सबै तह र तप्कालाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुशी जनाए । उनले रथी सिग्देललाई सफल कार्यकालको शुभकामना पनि दिए ।
सम्बन्धित खबर
मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थपिने
‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी प्रतिनिधि सहभागी हुने
पेट्रोलियम पदार्थको मूल्य घट्यो
आज देशभरको मौसम कस्तो रहन्छ?
सगरमाथा आरोहणका क्रममा एक फिलिपिन्सका नागरिकको मृत्यु
शून्य बेरुजु हुने एकमात्र गाउँपालिका ‘महाभारत’
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु