स्याङ्जामा नै पहिलोपटक भब्य रुपमा कविता महोत्सव `राष्ट्रिय खुल्ला कविता प्रतियोगिता -२०८१´ हुने भएको छ ।
यहि श्रावण ३१ गते स्याङ्जा पुतलीबजार नगरपालिका -१ स्थित सिटीहलमा पुष्प-चन्द्र ट्रस्टका संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम नागरिक कुलपति कविवर स्व. केदारमान व्यथित र निष्ठाका पर्याय स्व. पुष्पमान श्रेष्ठको सम्झनामा भव्य कविता महोत्सव एवं खुल्ला कविता प्रतियोगिता गर्न लागिएको हो ।
पुष्प-चन्द्र ट्रस्ट स्याङ्जाको आयोजना तथा पुतलीबजार प्रज्ञा प्रतिष्ठान र स्याङ्जा साहित्य प्रतिष्ठानको सह-आयोजनामा `नेपाली भाषा, कला, संस्कृती, साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान´ भन्ने मूल नाराका साथ महोत्सव एवं प्रतियोगिता गर्न लागिएको हो । कविता मार्फत साहित्यिक उन्नयन गरी स्याङ्जा जिल्लालाई साहित्यिक जिल्लाको पहिचान बनाउने सो महोत्सव तथा प्रतियोगिताको उद्देश्य रहेको छ ।
कविता महोत्सव तथा प्रतियोगितामा सहभागी हुनका लागि श्रावण १५ गतेसम्म तोकिएको समयसीमामा अमेरिका, बेलायत र मलेशिया सहित नेपालका ६ प्रदेश, ४८ जिल्लाबाट प्राप्त भएका १९९ कवितामध्ये निर्णायक मण्डलले पाँच प्रदेश र १४ जिल्लाका २० कवितालाई उत्कृष्ट कविताको रुपमा वाचनको लागि छनौट गरेको शुक्रबार पत्रकार सम्मेलनमार्फत कविता महोत्सव एवं प्रतियोगिताका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिए ।
आगामी श्रावण ३१ गते हुने कविता महोत्सव समारोहमा उत्कृष्ट कविताका रूपमा छनौट भएका २० प्रतिस्पर्धीले स्वयं कविता वाचन गर्ने र निर्णायक मण्डलले उत्कृष्ट तीन कविता छनौट गर्ने र भव्य समारोहका बीच सम्पन्न हुने महोत्सवमा कविता प्रतियोगिताका उत्कृष्टलाई १५ हजार ५५५, द्धितीयलाई ११ हजार १११, तृतीयलाई ७ हजार ७७७ र सान्त्वना दुई जनालाई ३ हजार ३३३ रुपियाँ नगदसहित ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने श्रेष्ठले बताए ।
उक्त कविता महोत्सव तथा प्रतियोगिता सङ्गै पुष्प-चन्द्र ट्रस्टले विद्यार्थी सहयोग कार्यक्रम अन्तर्गत पुतलीबजार नगरपालिकाका ४ वटा सामुदायिक विद्यालयका पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने जनाएको छ ।
यस्तै, ट्रस्टले पुष्प-चन्द्र स्मृति सेवा पुरस्कार २०८१ बाट फेदिखोला गाउँपालिकामा रहेको अमोर सेवा नेपाल(बालगृह) र एसईई परिक्षा २०८१ मा जिपिए ४.० ल्याई स्याङ्जा जिल्ला उत्कृष्ट भएका सुसान मरासिनीलाई सम्मान गर्ने पत्रकार सम्मेलनमा बताइएको छ ।
कार्यक्रममा नेवा: परम्पराको लाखे लगायत सांस्कृतिक, विभिन्न जातजातिका भेषभूषा, झाँकी प्रदर्शन सहित साहित्यिक सोभायात्रा गरिने र कार्यक्रममा अनुमानित १० लाख खर्च हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ