पोखरा । आगामी असोजको दोस्रो साता विकाश प्रिजेन्टस् एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ ।
पोखरा १५ नयाँगाउँ खेलमैदानमा असोजको ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकाश गुरुङले जानकारी दिए ।
उनले नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘लोकल लेभलमा पनि राम्रा खेलाडीभाइहरु छन्, उनीहरुले स्थान पाएका छैनन्, गुरुङले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिता अर्गनाइज गर्न लागेको हुँ,’ उनले भने ।
उनका अनुसार सो प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन खेलेका खेलाडीहरु सहभागि हुन पाउने छैनन् ।
उक्त प्रतियोगिताले फुटबलको विकासमासमेत टेवा पुर्याउने विश्वास छ ।
पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा विधागततर्फ उदीयमान खेलाडीलाई नगद रु ५ हजार र उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा सहभागित टिममध्ये एक टिमलाई अनुशासित टिमका रुपमा नगद रु ५ हजार प्रदान गरिने विकास गुरुङले बताए ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु ५ हजार निर्धारण गरिएको छ भने, फोनबाटपनि टिम दर्ता गर्न सकिने (९८०६५०४५९९) बताइएको छ ।उक्त प्रतियोगिताका खेलहरु लामाचौर फुटसल र गोर्खाज् प्लेको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल सुरु
प्रथम पिङ्क सिटी महोत्सव कपको उपाधि गल्याङलाई
प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि युनाईटेड किङ्ग क्लबलाई
नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम
पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
प्रथम पिङ्क सिटी महोत्सव कप: उपाधिका लागि गल्याङ र बिरुवा भिड्ने
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ