स्पेनी खेलाडी यामलका बुबामाथि चक्कु प्रहार

स्पेनी खेलाडी यामलका बुबामाथि चक्कु प्रहार

lamine-yamal-2_dYepoafqJt

पोखरा । स्पेनका युवा फुटबल स्टार लामिन यामलका बुबामाथि चक्कु प्रहार भएको छ ।

स्पेनिस सञ्चारमाध्यमका अनुसार यामलका बुबा मौनिर नसरोईमाथि बुधबार राति तटीय सहर मतारोको एक कार पार्किङमा आक्रमण भएको हो । उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको अवस्था स्थिर रहेको छ । उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको बताइएको छ ।

यमालका बुबाको कार पार्किङ स्थलमा विवाद भएपछि उनीहरुले चक्कुले प्रहार गरेको रिपोर्टमा उल्लेख छ । प्रहरीले यमालका बुबाको स्वास्थ्य अवस्थामा सुधार भएको र खतरामुक्त रहेको जानकारी दिएको छ ।

हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका यमाल हालै सम्पन्न युरोकपमा स्पेनलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

यामल स्पेनी क्लब बार्सिलोनाबाट खेल्ने शताब्दीकै कान्छा खेलाडी समेत हुन् । उनले १५ वर्ष ९ महिना १६ दिनको उमेरमा बार्सिलोनाबाट डेब्यु गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ