पर्वत । प्रसिद्ध पर्यटकीय गाउँ भुकताङ्ले जोड्ने सडक विगत एक महिनाअघिदेखि अवरुद्ध बनेको छ ।
पर्वतको मोदी गाउँपालिकाका देउपुर, देउराली र भुकताङ्ले गरी तीन वडालाई मध्यपहाडी लोकमार्गसँगसंग जोड्ने पातीचौर–लप्सीबोट सडक अझै खुल्न नसकेको हो ।
गत असार २६ गतेको भिषण वर्षाका कारण सडक खण्डअन्तर्गत मोदीको वडा नं २ कोरूङ्गामा गएको ठूलो पहिरो पन्छ्याउन नसक्दा उक्त क्षेत्रका बासिन्दा सास्ती खेप्न बाध्य भएका छन् ।
झण्डै दुई किलोमिटर पक्की सडक पहिरोले पुरिनुका साथै संरचनासमेत भत्किएको स्थानीय भूमिराज शर्माले जानकारी दिए। यो सडक खण्डअन्तर्गत जरुवा, पानी खोल्सा, कोरूङ्गा लगायतका स्थान पहिरोले पुरिएको छन् भने कतै बाढीले सडक नै बगाएको उनले बताए ।
एक महिनाभन्दा बढी समय भइसक्दा पनि सो सडक खुलाउने कुनै प्रयास हुन सकेको छैन । सडक सञ्चालनका लागि गाउँपालिकाले समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ । लामो समय सडक अवरुद्ध हुँदा यात्रुलाई निकै सास्ती हुनुका साथै अत्यावश्यक सामान ढुवानीमा समस्या भएको वडा नं १ भुकताङ्लेका वडाध्यक्ष टेकबहादुर गुरुङले बताए ।
सडककै कारण भुकताङ्ले र लप्सीवोटमा सञ्चालित दुई दर्जन बढी घरबास (होमस्टे)समेत सुनसान बनेका छन् । यहाँबाट हम्पाल, मोहोरेडाँडा, नागी, लगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटकलाई समेत समस्या भएको उनको भनाइ छ ।
उक्त क्षेत्रमा सञ्चालन हुने दर्जनौं सवारी साधन महिनादिनदेखि कोरुङ्गामा थन्किएका छन् । त्यहाँबाट झण्डै दुई किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता स्थानीयको छ । सडक अवरुद्ध हुँदा सवारी साधनको अभावमा बिरामीलाई समयमै स्वास्थ्य संस्थामा पु¥याउनसमेत नसकिएको स्थानीय सन्तोष तिमिल्सिनाले बताए। उनका अनुसार गाउँमा एम्बुलेन्स जाने अवस्था छैन । सिकिस्त बिरामी, गर्भवती र सुत्केरीलाई डोकोमा बोकेर अस्पताल लैजानुपरेको तिमिल्सिनाले बताए।
दैनिक कार्यालय तथा विद्यालय जाने कर्मचारी र शिक्षकले पनि उस्तै सास्ती व्यहोरेका छन् । आफ्ना सवारी साधन पातिचौरमा थन्क्याएर उकालो हिँड्नुपरेको उनीहरुको गुनासो छ ।
सम्बन्धित खबर
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा