पोखरा । पोखरा महानगरपालिका ६ हल्लनचोकमा आज देखि ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
हल्लनचोक स्पोर्टस् क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आज (शनिबार) देखि प्रतियोगिता सुरु भएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
थापाका अनुसार म्याग्दी साइलेन्टले स्याङ्जा युनाइटेडलाई पराजित गदै म्याग्दी साइलेन्टले विजयी सुरुवात गरेको छ ।
यस्तै दोस्रो खेलमा आयोजकलाई हराउँदै ठाँटी दोस्रो चरणमा प्रवेश गर्याे ।
तेस्रो खेलमा फो ब्रदर्शलाई प्रस्र्याङले पराजित गर्याे । चौथो खेलमा ढिकी डाँडालाई लौरुकले हराउदै अघिल्लो चरणमा स्थान बनायो । पाँचौ खेलमा सेती दोभानलाई मामा भान्जाको टोलीले पराजित गर्याे । छैटौं खेलमा मट्टिखानलाई बटालियनले पाखा लगाउदै बटालियन दोस्रो चरणमा प्रवेश गर्याे ।
आज भएको अन्तिम खेलमा स्काई लिंकले ताराखोला जापानलाई पराजित गदै दोसो चरणमा स्थान पक्का गरेको सचिव थापाले जानकारी दिए ।
यसअघि प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण शर्माले गरे । उनले सो अवसरमा बोल्दै भलिबलको विकासमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिताले थप टेवा पुर्याउने धारणा राखे ।
खेलकुद अनुशासनको पहरेदार भएको बताउदै उनले खेलाडीलाई अनुशासित बन्न र एकताको सुत्रमा बाध्न सघाउ पुर्याउने बताएका थिए ।
हल्लनचोक भलिबल कोर्टमा यही ३ गतेसम्म चल्ने प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको छ । आइतबार पनि बिहान ८ बजेदेखि नै बाँकी खेलहरु सञ्चालन गरिने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
सम्बन्धित खबर
यु–१६ गण्डकी छनौंट क्रिकेटः तनहुँ ४ विकेटले विजयी
आर्यसले श्रीलंकामा एटीएफ यु–१२ टीम टेनिस प्रतियोगिता खेल्ने
गण्डकी प्रदेश यु– १६ छनौंट क्रिकेट प्रतियोगिता सुरुः कास्कीको विजयी सुरुवात
हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता– २०८२ हुने
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई
टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न
यो पनि पढौँ
श्रीमति मारेर जेल परी निस्किएका धादिङका बाबुकाजीले ८८ वर्षीय ठूलोबुवा पनि मारे
स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु
तनहुँको शेरामा ईभी हाइस दुर्घटना
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प