पोखरा । पोखरा महानगरपालिका ६ हल्लनचोक सम्पन्न ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगितामा आयोजक हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन बनेको छ ।
हल्लनचोक भलिबल कोर्टमा आज भएको फाइनल खेलमा युके लण्डन टिमलाई २१¬–१० र २१–१८ को सोझो सेटमा हराउँदै आयोजक टिम ‘ए’ च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेसँगै हल्लनचोक स्पोर्टस् क्लबले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको युके लण्डनले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
उक्त प्रतियोगिताबाट आयोजक टिमका सञ्जु विक्रम शाह सर्वाेत्कृष्ट खेलाडीका रुपमा जर्सीसहित पुरस्कृत भए । यस्तै उत्कृष्ट सर्भरमा सोही टिमकै देवेन्द्र परियार र उत्कृष्ट ब्लकरका रुपमा सञ्जोग परियार पुरस्कृत भए ।
यस्तै उत्कृष्ट सेटरमा युके लण्डनका विवश आलेमगर र सोही टिमकै रुपमा किसान गुरुङ उत्कृष्ट स्पाइकरका रुपमा पुरस्कृत भए ।
विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, आयोजक संस्थाका अध्यक्ष सुजन गुरुङ, आर्थिक सहयोगीदाता लगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको प्रथम पुरस्कार हङकङ निवासी सिर थापा सारुमगर र द्वित्तीय पुरस्कार एवान गाउँशहर दोहोरी साँझले प्रायोजन गरेको थियो ।
हल्लनचोक स्पोर्टस् क्लबले गत १ गतेदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेको प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालक क्लबका सचिव अशोक थापामगरले गरेका थिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो