काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै सुरक्षा प्रबन्धको माग गरेकी छन् । उनले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्रीलाई सुरक्षा प्रबन्ध मिलाइदिन माग गरेकी हुन् ।
‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ’ मन्त्री भट्टराईले लेखेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’
गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै उनले यस्तो क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न समेत गृह मन्त्रालयलाई अनुरोध गरेकी छन् ।
समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद हुँदा आक्रमणको धम्की आएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल, रेक्टर खड्क केसी र रजिष्ट्रार केदार रिजाल हाल बिदामा छन् ।
मानविकी तथा समाजशास्त्र संकायकी डीन कुसुम शाक्यले विभागको प्रमुखमा टीकाराम गौतमको नाम सिफारिस गर्दा विभिन्न विद्यार्थी संगठनहरुले त्यसको विरोध गर्दै आएका छन् । विरोधमा रहेका विद्यार्थीबाटै सुरक्षा थ्रेट भएको त्रिवि पदाधिकारीहरुको भनाइ छ ।
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन