भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर चार नेपाली कामदारको मृत्यु भएको छ।
अविरल वर्षाका कारण पहिरो गएको बताइएको छ। त्यहाँको राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) का अनुसार रुद्रप्रयागको फाटा क्षेत्रमा बिहान साढे एक बजेतिर पहिरो गएको हो। एसडीआरएफ टोलीका निरीक्षक कर्ण सिंहले इन्डियन एक्सप्रेससँग भनेका छन्, “पहिरोमा पुरिएका चार जनाको शव निकालेर स्थानीय प्रहरीलाई बुझाएका छाैँ। चारै जना नेपाली कामदार रहेका छन्।”
मृत्यु हुनेमा तुलबहादुर, पूर्ण नेपाली, किश्ना परिहार र चिकु बुरा रहेका छन्। चारै जना फाटाको पवन हंस हेलिप्याड नजिकैको शिविरमा बस्दै आएको र त्यहीँ पहिरो गएको जिल्ला प्रशासनले जनाएको छ। उनीहरूको नेपालको ठेगाना भने खुलेको छैन।
पश्चिम नेपालबाट मानिसहरू रोजगारीको लागि भारतको उत्तराखण्ड तथा हिमाञ्चल क्षेत्रमा जाने गर्छन्। उत्तराखण्ड राज्य आपतकालीन परिचालन केन्द्रको तथ्यांकअनुसार यस वर्षको जुन १५ देखि अत्याधिक वर्षाका कारण आएको प्रकोपका कारण अहिलेसम्म ६१ जनाले ज्यान गुमाएका छन्, ३५ जना घाइते भएका छन् र दुई जना बेपत्ता छन्।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ