भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर चार नेपाली कामदारको मृत्यु भएको छ।
अविरल वर्षाका कारण पहिरो गएको बताइएको छ। त्यहाँको राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) का अनुसार रुद्रप्रयागको फाटा क्षेत्रमा बिहान साढे एक बजेतिर पहिरो गएको हो। एसडीआरएफ टोलीका निरीक्षक कर्ण सिंहले इन्डियन एक्सप्रेससँग भनेका छन्, “पहिरोमा पुरिएका चार जनाको शव निकालेर स्थानीय प्रहरीलाई बुझाएका छाैँ। चारै जना नेपाली कामदार रहेका छन्।”
मृत्यु हुनेमा तुलबहादुर, पूर्ण नेपाली, किश्ना परिहार र चिकु बुरा रहेका छन्। चारै जना फाटाको पवन हंस हेलिप्याड नजिकैको शिविरमा बस्दै आएको र त्यहीँ पहिरो गएको जिल्ला प्रशासनले जनाएको छ। उनीहरूको नेपालको ठेगाना भने खुलेको छैन।
पश्चिम नेपालबाट मानिसहरू रोजगारीको लागि भारतको उत्तराखण्ड तथा हिमाञ्चल क्षेत्रमा जाने गर्छन्। उत्तराखण्ड राज्य आपतकालीन परिचालन केन्द्रको तथ्यांकअनुसार यस वर्षको जुन १५ देखि अत्याधिक वर्षाका कारण आएको प्रकोपका कारण अहिलेसम्म ६१ जनाले ज्यान गुमाएका छन्, ३५ जना घाइते भएका छन् र दुई जना बेपत्ता छन्।
सम्बन्धित खबर
नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ, ८१ प्रतिशत जनताले हिन्दु राष्ट्र चाहन्छन्: भाजपा नेता जोली
अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु
शेख हसिनाका छोराले लिए अमेरिकी नागरिकता
गुडिरहेको बसमा आगलागी हुँदा पाँच यात्रुको मृत्यु
‘विश्वकै गरिब राष्ट्रपति’ भनेर चिनिने पूर्वगुरिल्ला नेता पेपेको निधन
यो पनि पढौँ
श्रीमति मारेर जेल परी निस्किएका धादिङका बाबुकाजीले ८८ वर्षीय ठूलोबुवा पनि मारे
स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु
तनहुँको शेरामा ईभी हाइस दुर्घटना
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प