मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाउने रास्वपाको निर्णय

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी हटाउने रास्वपाको निर्णय

mukul-dhakal

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । आज मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति रवि लामिछानेका कमजोरी औंल्याएर समीक्षा प्रतिवेदन बनाएपछि पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निस्कासित भएका महामन्त्री ढकाललाई त्यसपछिका अभिव्यक्तिका आधारमा साधारण सदस्यताबाट निस्कासित गरेको हो ।

केन्द्रीय अनुशासन समितिको प्रतिवेदनका आधारमा केन्द्रीय समितिबाट निर्णय गरेको रास्वपाले जनाएको छ । महामन्त्री डा. ढकालले भने आफूले दिएका स्पष्टीकरण केन्द्रीय कार्यालयमा दर्ता गरेको जानकारी समेत आफूलाई नदिएको भन्दै पटक–पटक दर्ता गरेको प्रमाण मागिरहेका छन् ।

यसअघि पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ