काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले वर्षको उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई कार पुरस्कार दिने भएका छन् ।
मंगलरबार र बिहीबार बसेको एन्फा केन्द्रीय कार्यसमिति बैठकले वर्षमा समान एक महिला÷पुरुष खेलाडी घोषणा गर्दै प्रोत्साहन स्वरुप कार दिने निर्णय गरेको हो।
साथै उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ तथा र मोटरसाइकल÷स्कुटरबाट पुरस्कृत गर्ने पनि एन्फाले निर्णय गरेको छ।
यसैगरी लाइफटाइम एचिभमेन्ट अवार्डबाट पाँच लाख रुपैयाँ तथा मोटरसाकल÷स्कुटरबाट पुरस्कृत गर्ने निर्णय पनि एन्फाले गरेको छ।
एन्फले उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोटका लागि पुरुषोत्तम थापाको संयोजकत्वमा हरि थापा र सञ्जिव मिश्र सदस्य रहनेगरी समिति गठन गरेको छ ।
यस्तै, एन्फा महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर पुर्याउने, राष्ट्रिय टोलीका खेलाडीलाई मासिक ३० हजार रुपैयाँ दिने, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने, रशरथ रंगशालामा कृतिम घाँस रोप्न, एन्फा मुख्यालय मैदानको कृतिम मैदानलाई सुधार गर्न, विभिन्न रंगशालामा कृतिम घाँस रोप्न बजेट छुट्टाउनका लागि प्रस्ताव पेश गर्ने, विभिन्न प्रतियोगिताका लागि बजेट छुट्टाउनेलगायतका निर्णय गरेको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला