२०८० सालको मदन पुरस्कार मोहन मैनालीकृत मुकाम रणमैदानले प्राप्त गरेको छ।
शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारण सभा बैठकले रणमुकाम पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए।
प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री २०८० अर्पण गर्ने निर्णय भएको पनि उनले जानकारी दिए।
पत्रकार र वृत्तचित्र निर्माता मोहन मैनालीले लेखनमा विशिष्ट छवि बनाएका छन्।
उनको उपल्लो थलो (सन् २०२०), लदेखेको देश (सन् २०१८), मान्ठ डराएको जुग (सन् २०१५), आकाशमुखी (अनुवाद) पुस्तक प्रकाशित छन्
त्यस्तै उनले निर्माण गरेको जोगीमाराका ज्युँदाहरू नामक वृत्तचित्रले ख्याती कमाएको थियो।
मदन पुरस्कार प्राप्त गरेको कृति मुकाम रणमैदान नेपाल-अंग्रेज युद्धसँग सम्बन्धित छ। अंग्रेजसँगको युद्धका क्रममा नेपालले प्रदर्शन गरेको वीरतालाई उनले किताबमा लिपिवद्ध गरेका छन्। किताब अनुसन्धानमूलक गैरआख्यान हो। उनको छवि पनि गैरआख्यान लेखनमै बनेको छ।
जगदम्बा–श्री अर्पण गरिएका यादव भाषाशास्त्री हुन्। उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञानमा प्राध्यापन गरेका थिए। उनी प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत थिए।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो