प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले बंगलादेशबाट सिक्नु पर्ने’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको भनाइको कडा शब्दमा प्रतिवाद गरेका छन् ।
प्रचण्डले कांग्रेस एमालेको सरकारले संसद्को गणितका आधारमा शासन गर्न खोजेको भन्दै बंगालादेशकाे राजनीतिक उथलपुथलबाट शिक्षा लिनुपर्ने भन्दै आएका छन् । ओलीले सरकारले नभई ‘१० वर्षे हिंसात्मक द्वन्द्व’ को नेतृत्व गरेको प्रचण्डले ‘राम्ररी सिक्न’ चेतावनी दिएका छन् । उनले आफूले नभई प्रचण्डको नेतृत्वमा १७ हजार मान्छे मारिएको उल्लेख गर्दै आफूले खुट्टा कमाउनु पर्ने कुनै कारण नभएको बताए ।
‘हिजो प्रचण्डजीले बंगलादेशबाट सिक भन्नुभएछ, मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छु र ?’, ओलीको चेतावनी छ, ‘श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर जो चर्को स्वरमा भन्दै हुनुहुन्छ । म भन्दैछु राम्ररी सिक ।’
उनले बंगालादेशमा भएको राजनीतिक उथलपुथल नेपालमा संभव नभएको दाबी गरे । ‘बंगलादेशमा केही भयो भने नेपालमा त्यही हुन्छ ? नेपाल कुनै देशको फोटोकपी होइन,’ उनले भने ।
उनले संविधानलाई देश र जनताको पक्षमा परिस्कृत गर्दै जाने उल्लेख गर्दै माओवादी प्रजातन्त्रको विरुद्ध लागेका हुनाले चर्को स्वर गर्न उचित नभएको बताए । ‘जो यो प्रणाली र डेमोक्रेसीविरुद्ध लड्यो उसैका ठूला कुरा ?’ ओलीको भनाइ थियो, ‘अब कहिल्यै पनि त्यस प्रकारको हिंसा संभव छैन । उल्टै हामीलाई तर्साउन खोज्ने ?’
उनले आफू पनि बारुदका बीचमा यात्रा गरेर आएको उल्लेख गर्दै माओवादी सशस्त्र युद्धको विरोध गर्दै आएको बताए । ‘माओवादीले जनयुद्धका नाममा हिंसा फैलाइरहेका बेला, अन्धाधुन्द लुटिरहेको बेला, मान्छे मारिरहेका बेला चर्को विरोध गरेँ’ उनले भने, ‘मैसँग सेना थिएन, प्रहरी थिएन चर्को विरोध गरेँ । विरोधमात्र गरिनँ, कसरी वार्ता संवादको प्रयास गरेँ ।’
ओलीले शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन गर्दै शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध भएको बताए । राजनीतिप्रति घृणा फैलाउने प्रयासले समाजलाई संस्कारहीनता, अराजकता र बेथितितर्फ लग्ने प्रयास भइरहेको उनले बताए । ‘अहिलेको सरकारले कसैमाथि अन्याय र अत्याचार गर्दैन,’ उनले भने, ‘आफ्नो हित र रक्षाका लागि केही गलत काम गर्दैन तर जनताको हित र रक्षाविरुद्ध कसैले काम गरेमा विधिको शासनबमोजिम शान्ति सुरक्षा र सम्मान कायम गर्छ ।’
प्रधानमन्त्री ओलीले राज्यका निकायले कानुनको पालना गर्नुपर्ने उल्लेख गर्दै न्यायोचित कानुनलाई सबैले मान्न पर्ने बताए । ‘कानुनको विवेकसम्मत कार्यान्वयन हुनुपर्छ । लोकतन्त्र सरकार र सबैको जीवनपद्धति हुनुपर्छ । हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं,’ उनको भनाइ थियो ।
उनले आफूलाई एक वर्ष १० महिना सरकारको नेतृत्व गर्ने समय भए पनि त्यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ
एमाले अध्यक्ष ओली अस्पताल भर्ना