निगमले घटायो इन्धनको मूल्य, कति भयो ?

निगमले घटायो इन्धनको मूल्य, कति भयो ?

petrol-oil-pump-tel

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ  र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

पोखरामा पेट्रोल १६५ र डिजेल तथा मट्टितेल १५५ रुपैंया लिटरमा पाइनेछ ।

त्यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

त्यस्तै निगमले एलपी ग्याँसको खरिद मूल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मूल्य यथावत् राखेको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६३ र डिजेल तथा मट्टितेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

आजको मौसम पूर्वानुमान
गल्याङमा बोराभित्र बेवारिसे शव फेला
डेंगी संक्रमण घट्दै

ट्रेन्डिङ