स्याङ्जामा एक वर्षमा १४ वटा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन् । जबर्जस्ती करणीसम्बन्धी घटनामा अधिकांश पीडित बालिका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा जबर्जस्ती करणीसम्बन्धी सातवटा मुद्दा दर्ता भएका हुन् । सोही घटना सम्बन्धीमा सातवटा मुद्दा बालयौन दुर्व्यवहारसम्बन्धी रहेका छन् ।
जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा २६ वटा जबर्जस्तीकरणी घटनामध्ये दुईवटा बालयौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता भएका थिए । आ.व. २०७८/०७९ को एक वर्षको अवधिमा २१ वटा जबर्जस्तीकरणी घटनामध्ये तीनवटा बालयौन दुर्व्यवहारसम्बन्धी मुद्दा परेका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार जबर्जस्ती करणीसम्बन्धी घटनामा अधिकांश पीडित १८ वर्षभन्दा कम उमेर समूहका बालिका रहेका छन् ।
धेरैजसो बलात्कारको घटना यौन शिक्षाको कमी र नकारात्मक सोचको विकासले बढ्ने गरेको प्रहरी अनुसन्धानले देखाएको डिएसपी रानाले बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बलात्कारका घटना हुने गरेको जानकारी दिए ।
स्याङ्जामा जबर्जस्ती करणी मुद्दा दर्ता भए मध्येका अधिकांश घटना बालबालिका माथी भएका छन् । यस्ता घटनाले बालिकाहरु असुरक्षित बन्दै गएका छन् ।
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला