सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछानेसहितसँग बयान कागज गरेको छ ।
प्रहरीले काठमाडौँमा गोरखा मिडिया नेटवर्क, नेचर हव र नेचर नेष्टमा खानतलासीसमेत गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोली काठमाडौँ पुगी पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिना बारे अनुसन्धानका लागि ३ वटा कम्पनीमा खानतलासी गरेर कागजात नियन्त्रणमा लिएको बताइन्छ ।
डीएसपी बसन्त शर्मा नेतृत्वको टोलीले कागजात नियन्त्रणमा लिएर पूर्वगृहमन्त्री लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी र गोरखा मिडिया नेटवर्कका कर्मचारी विपिन कर्माचार्यसँग सोधपुछ गरेको बताइएको छ । उनीहरूसँग बयान कागज नै गरेको कास्की प्रहरी श्रोत बताउँछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका समेत सभापति रहेका लामिछानेसँग कास्की प्रहरीको टोली पनि काठमाडौँमा नै पुगेर रविसँग सोधपुछ गरेको हो ।
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको १० दिनपछि कास्की प्रहरीको टोली काठमाडौँ पुगेको हो । रविविरुद्ध पूरक जाहेरी परेपछि आवश्यक विषय बुझ्न सोधपुछ गरिएको हो ।
सम्बन्धित खबर
आज छठ पर्वको मुख्य दिन, बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
आजको मौसम पूर्वानुमान
डेंगी संक्रमण घट्दै
ओली सरकारलाई सफल बनाउन एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र
त्रिभुवन विमानस्थलबाट ५ केजी सुनसहित ३ जना विदेशी नागरिक पक्राउ
छठको दोस्रो दिन आज ‘खरना’
यो पनि पढौँ
तनहुँको याम्पाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
भैलो खेलिरहेको स्थानमा बस गुड्दा २ जनाको मृत्यु, ३५ जना घाइते
नवलपरासीमा देउसी भैलोको गाडी दुर्घटना
तिहारका बेला अरिंगालले चिलेर दिदीभाइको मृत्यु