भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) असन्तुष्ट बनेका छन् ।
सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यविभाजन गर्दा मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयबाट हटाए । मन्त्रीमा निरन्तर राखेपनि पाण्डेले मन्त्रालय फेरिदिएका हुन् ।
तीन पटक खेलकुद मन्त्रालय सम्हालेका मनाङेलाई पाण्डेले नै सत्ता जोगाउन भौतिक पूर्वाधार जस्तो मालदार मन्त्रालय सुम्पेका थिए । त्यसपछि खगराज अधिकारीले पनि सोहि मन्त्रालयमा राखे भने पाण्डे पुनः मुख्यमन्त्री बन्दासमेत उक्त मन्त्रालय नै सुम्पेका थिए ।
आज नवनियुक्त चार मन्त्रीको शपथग्रहण समारोहमै उनी रिसाएका थिए । त्यसपछि कसैसँग नबोली निस्किए । निस्कने बेला उनले `यस्तो मन्त्रालय जुनियरलाई दिने हो’ भनेका थिए ।
उनी पदभार ग्रहण गर्न गएनन् । उनले राजीनामा दिने बताएका छन् । मनाङे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट्न मुख्यमन्त्री कार्यालय पनि पुगे ।
संसदको अघिल्लो कार्यकालमै तीन पटक मन्त्री भएर रेकर्ड राखेका मनाङे त्यसपछि अहिले पनि ३ पटक मन्त्री भइसकेका छन् । आज भने मन्त्रालय परिवर्तन भएको हो । चुनाव नै नलडी निर्विरोध प्रदेश सभा सदस्य बनेका मनाङे ६ पटक मन्त्री बन्दै रेकर्ड राखेका प्रदेश सांसद हुन् ।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने