काठमाडौं । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले आफूमाथि माओवादी सशस्त्र संघर्षको बेला हतियार तस्करीको आरोप लगाउनेहरुलाई समिति बनाएर छानविन गरी देखाउन चुनौति दिएका छन् ।
टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस विषयमा माओवादीले संसद्मा प्रस्ताव लगेर माओवादीकै नेतृत्वमा समिति बनाएर छानविन गर्दा हुने बताए । उनले छानविनको अवधिसम्म आफूले स्वत निलम्बनको घोषणा गर्ने पनि बताए ।
‘यस्ता बेतुकका कुरा गर्दै हिँड्नुको कुनै पनि अर्थ छैन । जसले भने ती मित्रलाई म के भन्न चाहन्छु भने, संसद्मा प्रस्ताव ल्याउनुस् । तपाईँकै संयोजकत्वमा एउटा समिति बनाऔं । एमाले बस्दैन, मेरो बारेमा तपाईँनै छानविन गर्नुस्, माओवादीले नै छानविन गरोस्, मैले हतियार तस्करी गरेँ की ? मैले के गरेँ की ? तपाईँ नै छानविन गर्नुस् । त्यो छानविन कति महिनामा टुङ्ग्याउनुहुन्छ ? त्यो अवधिमा म स्वत निलम्बनको घोषणा गर्छु । त्यो हिम्मत छ, त्यो इमान छ मसँग,’– उनले भने ।
नेता भट्टराईले संसद्मा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि माओावादीका नेताहरुले उनलाई जनयुद्ध कालमा हतियार तस्करी गरेको र चन्दा आतङ्क मच्चाएको आरोप लगाएका थिए । उक्त आरोपलाई नेता भट्टराईले चुनौति दिएका छन् । उनले आफू तस्करी गरेर र जमिनमुनि सुन र पैसा गाडेर राजनीतिमा नआएको बताए । आज माओवादीमा हिजो गाडेको सुनको लडाईँ रहेको पनि उनले दाबी गरे ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन