काठमाडौं । निजी क्षेत्रको वायू सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडाैं पोखरा रूटमा हवाइ यात्राका लागि टिकट काट्ने यात्रुका लागि एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा उपलब्ध गराउने भएको छ।
पोखरा रूटमा उडान भरिरहेको एयरलाइन्सले प्रवर्द्धनात्मक योजना अन्तर्गत पोखरा भदौ २३ गते (सेप्टेम्बर ८ तारेख) देखि असोज ४ गते ( सेप्टेम्बर २० तारेख) सम्ममा काठमाडाैं पोखरा रूटमा कुनै एउटा उडानको टिकट किन्दा अर्को उडानको टिकट सित्तैमा उपलब्ध हुनेछ। सित्तैमा उपलब्ध टिकटबाट असोज १४ गते (सेप्टेम्बर ३० तारेख) सम्ममा उडान भरिसक्नुपर्नेछ।
एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिए ।
उनले भने,“पोखरा–काठमाडौँ गन्तव्यमा हवाई यात्रुको चहल पहल बढाउन तथा पर्यटन प्रवर्द्धक लागि यो अफर ल्याएका हौँ, यसबाट थोरै भएपनि एयरलाइन्सको गतिविधि बढ्ने र पर्यटन क्षेत्रमा पनि केही राहत मिल्ने विश्वास लिएका छौँ ।”
दशैं तिहार चाडपर्व नजिकिंदै गर्दा पोखराका लागि यात्रा गर्ने यात्रुको चाप बढ्ने भएकाले चाडपर्वका लागि बुकिङ शुरू हुनु अगावै श्री एयरलाइन्सले यात्रु आकर्षित गर्न यो प्रवर्द्धनात्मक योजना ल्याएको हो।
श्री एयरले एकतर्फी उडानका लागि प्रति टिकट रू. ४ हजार ३६५ रूपैयाँ ४२ पैसादेखि ६ हजार ६४२ रूपैयाँ ४१ पैसासम्म टिकटको मूल्य तोकेको छ। काठमाडाैं पोखरा रूटमा बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले उडान भर्दै आएका छन् । यीमध्ये बुद्ध एयरले दैनिक १५, यती एयरले दैनिक १० र श्री एयरलाइन्सले दैनिक ५ वटा उडान भर्दै आएको छ।
श्री एयरलाइन्सले काठमाडाैं पोखरा काठमाडाैं रूटमा उडान भर्न थालेको साढे तीन वर्षभन्दा बढी भएको छ । अन्य वायू सेवा कम्पनीले काठमाडाैं पोखरा रूटमा उडान पुरा गर्न २५ मिनेट लाग्छ भने श्री एयरले उडान भर्ने बम्बार्डियर क्यु ४०० सिरिजको विमानले जम्मा २० मिनेटमै यो दूरी तय गर्छ।
श्री एयरको आन्तरिक उडानमा फिक्स्ड विङतर्फ विमान १० विमान र आठ रोटर (हेलिकप्टर) छन् । कम्पनीसँग सीआरजे र बम्बार्डियर ड्यास–८–क्यू–४०० विमान छन् । आन्तरिक उडानतर्फ श्री एयरलाइन्सले पछिल्लो समय विमान थपेर गन्तव्य विस्तार गरिरहेको छ ।
कम्पनीले काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, सुर्खेत तथा पर्वतीय उडान (माउन्टेन फ्लाईट) सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने