काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा नलगी पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।
आज बिहान ७ बजे उडेको उक्त फ्लाइट भूइँ छाडेको करिब ८ मिनेटमै फेरि विमानस्थलमै फर्काइएको हो। विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको हो ।
विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ। थप प्राविधिक निरीक्षणपछि मात्र विमानलाई पुनः उडानका लागि अनुमति दिइने बताइएको छ।
विमान आकस्मिक रूपमा फर्काइएको भए पनि सबै यात्रुहरु सुरक्षित रहेका छन्। उक्त विमानका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य लगिएको छ । अधिकारीहरुले यात्रुहरुको सुरक्षामा कुनै पनि जोखिम नरहेको जानकारी दिएका छन्।
यसअघि, अस्ति शनिबार बुद्ध एयरको जहाज पोखरा विमानस्थलबाट उड्ने बेला ईञ्जिनमा समस्या देखिएर ईमर्जेन्सी ब्रेक लगाइएको यात्रुले बताएका छन् ।
चर्चित लोकदोहोरी गायक विष्णु खत्रीले पोखरादेखि काठमाडौंसम्मका लागि दिउँसो १ बजेको जहाजमा आफू रहेको र उक्त जहाज उड्ने बेला झ्याप्प ब्रेक हानेर रोकेको बताएका छन् ।
फेसबुकमार्फत् उनले आफूहरुलाई जहाजर्को ञ्जिनमा खराबी आएर रोकिएको यात्रुहरुलाई जानकारी गराइएको पनि खुलाएका छन् ।
हेर्नुहोस् स्टाटस्ः

सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो