पोखरा । पोखरामा सम्पन्न इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन बनेको छ ।
पोखरा महागरपालिका ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा आज (मंगलबार) भएको फाइनल खेलमा लमजुङ फेलोसिपलाई ३–० गोल अन्तरले पराजित गर्दै पोखरा फेलोसिप च्याम्पियन बनेको हो ।
पोखराको जीतमा कुशल परियारले २ गोल गरे भने राजेश खाँडले १ गोलको योगदान दिए ।
उपाधिसँगै पोखराले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको लमजुङ फेलोसिपले नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
काठमाडौं, बुटबल, लमजुङ, बागलुङ लगायतका जिल्ला गरी कुल १५ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट पोखरा फेलोसिपका राजेश खाँड सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।
यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै संजोग क्षेत्री घोषित भए भने, सर्वाधिक गोलकर्ताका रुपमा लमजुङ फेलोसिपका सरोज गुरुङ पुरस्कृत भए ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका कफि डि हिमालयका सञ्चालक शंकर गुरुङ, रिकभरिङ नेपालका निवर्तमान अध्यक्ष शिव न्यौपाने, युवा नेता आशिक गुरुङ, समाजसेवी विजया गुरुङ तथा सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए ।
लागुऔषध सेवनपछि रिकभरि चरणमा रहेका युवाहरुलाई सकरात्मक सन्देश दिने उद्देश्यसहित कुशल परियार र आविष्कार गुरुङले उक्त प्रतियोगिता आयोजना गरेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला