एमालेसँगको सहकार्यबाट धोका पाएको, देशी विदेशी शक्तिले पार्टी विभाजन गर्न चलखेल गरेको, पार्टी सबै मोर्चामा कमजोर रहेको निष्कर्ष निकालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकीकृत समाजवादीसँग तत्काल एकता नहुने भएपछि निराश भएका छन्।
एकीकृत समाजवादी मात्रै होइन, केही समय अगाडिसम्म माओवादीमै रहेका प्रभु साहसमेत माओवादीसँग एकता गर्न तयार नभएपछि यतिबेला प्रचण्ड निराश भएका हुन्।
पार्टीभित्र उनको विकल्प खोज्नुपर्ने जनमत बलियो बन्दै जाँदा त्यसलाई मथ्थर पार्न एकीकृत समाजवादीसँग एकता गर्ने प्रचण्ड प्रयास असफल भएको छ।
प्रचण्डको सबैभन्दा ठूलो भरोसा नेकपा एकीकृत समाजवादीमा थियो। तीन वर्षअघि एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी तत्कालै कुनै दलसँग एकता नगर्ने अवस्थामा पुगेको छ।
हालै सम्पन्न महाधिवेशनपछि बनेको पदाधिकारी टिम नै एकता विरोधी बनेपछि एमाले र माओवादी केन्द्र दुवैतिर तत्काल एकता नगर्ने अवस्थामा पुगेको हो।
पार्टीका विभिन्न बैठकमा प्रचण्डले यस्तो धारणा राखेको भएपछि एकीकृत समाजवादीका नेताहरुले एकताको कुराकानी चल्नु राम्रो भएपनि एकता भन्दा सहकार्य गर्ने विषयमा मात्रै कुराकानी भएको बताउँछन्।
‘माओवादी अध्यक्षबाट आएको प्रस्तावमा हाम्रो छलफल भएको छैन हामी आफ्नै पार्टी बनाएर जानुपर्छ’, पार्टीको बैठकमा माधवकुमार नेपालले नेताहरुलाई भनेका थिए।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु