काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो ।
सत्तारुढ कांग्रेसले उपसभामुख रानाले पदको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।
राजीनामा नदिए ‘पदीय आचरण विपरीत कार्य’ गरेको अभियोगसहित हटाउने प्रक्रिया थाल्ने उसको निर्णय छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सत्तारुढ दलहरुको बैठकमा उपसभामुख रानाको विषय उठाएका थिए । यसबारे औपचारिक धारणा तय गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका थिए ।
बैठकको सुरुवातमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकले बालुवाटार बैठकमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री ओलीले सोमबारको बैठकमा उपसभामुख रानामगरले पदीय आचरण अनुसार काम नगरेको विषय राखेका खड्का र लेखकले कांग्रेस बैठकमा सुनाएका थिए ।
प्रमुख सचेतक श्याम घिमिरेले यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने बताए । यो विषयमा छलफल गर्नको लागि चाँडै संसदीय दलको बैठक बस्ने बताए ।
उनले भने, ‘कांग्रेसको बैठकअघि सत्तारुढ दलहरुसँग छलफल गरेर साझा धारणा बनाएर अघि बढ्छौं । यो उहाँमाथि गम्भीर प्रश्न उठेको छ । उहाँले त्यस्तो कुनै सिफारिस गर्ने मिल्दैन । त्यसले संसदलाई नै अपमानित गरेको छ । यसले मुलुकको शिर झुकाएको कांग्रेसको बुझाइ छ ।’
उपसभामुखले राजीनामा नदिए संसदीय प्रक्रिया अनुसार पदमुक्त गर्ने कांग्रेस नेताहरु बताउँछन् । त्यो बेलामा दुई तिहाइ पुग्ने नपुग्नेबारे समेत कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा छलफल भएको थियो ।
जनमत र नागरिक उन्मुक्ति लगायतका दल उपसभामुख हटाउने पक्षमा रहेको कांग्रेसको बुझाइ छ ।
दुई तिहाइका लागि १८३ मत आवश्यक पर्दछ । कांग्रेस र एमालेसँग १६७ सांसद छन् । सत्ता पक्षका सबै सांसदको संख्या १८० रहेकाले थप ३ जना दुईतिहाइका लागि आवश्यक पर्दछ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन