नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकास हुने समय आएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले विभिन्न कारणले आफ्नो अवकासको समय आएको बताएका हुन्।
‘मेरो एज पनि गयो। हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ,’ सभापति देउवाले भने।
त्यसकारण पार्टीको चिन्ता अब आउने नेताहरूलाई बढी गर्नुपर्ने देउवाले बताए।
‘भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ । मैले भन्दा बढ्ता गर्नुपर्छ,’ उनले भने।
उनले भोलिका दिन चुनौतीपूर्ण र अवसरले भरिएका रहने पनि बताए। त्यसो हुँदा नयाँ आउने नेताहरूलाई दुवैलाई मिलाएर अगाडि बढ्न सुझाव दिएका छन्।
‘चुनौतिको सामना गर्दै अवसरहरूलाई पनि बढी फाइदा लिँदै अझ बढी समन्वयात्मक रूपमा अगाडि बढाउँदै जानुपर्छ,’ उनले भने।
भोलि नेतृत्वमा आउने नेताहरूले आजैदेखि काम गर्नुपर्ने पनि सभापति देउवाले बताए।
‘अहिलेदेखि नै लाग्नुस्। गाली गरेर हुनेवाला केही छैन। काम गरेर देखाउनुस्,’ उनले भने।
देउवाले कांग्रेसलाई कमजोर बनाउन खोज्नेहरू सक्रिय रहेकाले एकतावद्ध भएर पार्टी बलियो बनाउनुपर्ने जोड दिए।
कांग्रेस र एमालेको सत्ता समीकरण र डेढ वर्षपछि आफू प्रधानमन्त्री बन्ने सहमति भएपछि पार्टीभित्र उत्साह बढेको देउवाको दाबी छ।
‘यसले हाम्रोबाट अरु पार्टीमा गएकाहरु पनि फर्किंदै छन्। अझै फर्काउने काममा लाग्नुपर्छ। पार्टी कमजोर बनाउनेहरु अझै छन्। हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्छ,’ उनले भने।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण