एक वर्षमा क्षयरोगबाट स्याङ्जाका १४ जनाको मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा क्षयरोग संक्रमण भएका १४ जनाको मृत्यु भएको हो ।
गत आ.व. २०८०/८१ मा जिल्लाभर मध्येबाट वालिङ् नगरपालिकामा ७९ जना, पुतलीबजार नगरपालिकामा ४३, गल्याङ नगरपालिकामा ५०, चापाकोट नगरपालिकामा ३३, भीरकोट नगरपालिकामा २३, फेदीखोला गाउँपालिकामा छ जना, कालीगण्डकी गाउँपालिकामा २३, हरिनास गाउँपालिकामा पाँच जना, विरुवा गाउँपालिकामा १०, अर्जुनचौपारी गाउँपालिकामा पाँच जना र आँधीखोला गाउँपालिकामा चार जना गरी २८१ जना क्षयरोगका बिरामी रहेको जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिए ।
उनमा अनुसार क्षयरोगबाट संक्रमित बिरामीले डट्स विधिबाट औषधी सेवन गरिरहेका छन् । क्षयरोग संक्रमण भएको थाहा लागेपछि समयमै औषधि सेवन गरेर रोग निको बनाउन सकिने उनको भनाइ थियो ।
जनस्वास्थ्य कार्यालय स्याङ्जाको तथ्यांकअनुसार जिल्लामा प्रतिलाख जनसङ्ख्यामा १३४ जना क्षयरोगी भेटिने गरेका छन् । प्रतिलाख जनसङ्ख्यामा २३० देखि २४० जनासम्म क्षयरोगी भेटिने भए पनि जिल्लामा अझै पनि परीक्षणको दरमा कमी रहेको कार्यालय प्रमुख चापागाईंले बताए । प्रमुख चापागाईंका अनुसार क्षयरोगका लक्षण देखिएपछि तथा लगातार खोकी लागिरहेमा स्वास्थ्य संस्थामा गएर क्षयरोग जाँच गर्नुपर्छ भन्ने सचेतनाको कमी भएको देखिएको छ ।
जिल्लाभित्रका सबै स्वास्थ्य संस्थाबाट क्षयरोगको औषधी निःशुल्क रुपमा वितरण भइरहेको छ । औषधी नियमित रुपमा सेवन गरे क्षयरोगबाट बच्न सकिन्छ । चिकित्सकहरुका अनुसार निरन्तर रुपमा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाक हुने जस्ता लक्षण देखिए क्षयरोग लागेको हुनसक्ने बताउँछन् ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?