पोखरा । पोखरामा व्यवसायिक क्रिकेट गतिविधी सञ्चालन गर्दै आएको माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा माछापुच्छ्रे क्रिकेट लिगको सिजन ३ आगामी शनिबारदेखि शुरु हुँदैछ । प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका १ सय २० खेलाडीलाई आयोजकले अक्सन मार्फत विभिन्न टिममा आवद्ध गराएको छ । प्रतियोगितामा भाग लिन लागेका विभिन्न टिमहरुले यि खेलाडीहरुका लागि न्यूनतम ५ सय देखि १० हजार सम्मको मुल्य लगाएर खरिद गरे ।
प्रतियोगितामा यसपटक ८ टोलीले सहभागिता जनाउँदै छन् । इस्लामिक कंक्रर्स, एभरेष्ट क्रिकेट क्लव, पोखरा फिनिक्स, कुस्मा वारियर्स, फिस्टेल अपमोस्ट, आरके भिक्टोरियन्स र लेखनाथ बुमर्सले यो संस्करणमा भाग लिन लागेका हुन् । यी टिमहरूको कप्तानी क्रमश प्रविन ढकाल, नुर इस्लाम, अजर मसुद, विश्वास गुरुङ, सन्देश शाही ठकुरी, दिपेश खत्री, कबिन सापकोटा र प्रदिप तामाङले गर्नेछन् । उनीहरुको उपस्थितीमा लेखनाथस्थित होटल डे ब्रेकमा आयोजित अक्सन समारोह मार्फत खेलाडीहरूको छिनोफानो लागेको हो ।
अक्सनमा राखिएका मध्ये केहि खेलाडी किन्नका लागि प्रतिस्पर्धी टोलीले हान्थापनै गरे । विनोद नेपालीलाई पोखरा फिनिक्सले १० हजारमा खरिद गर्यो । उनीमाथि सिएनडी वारियर्स, कुस्मा वारियर्स र एभरेस्ट क्रिकेट क्लबले त्यति नै रकमको बिट लगाएका थिए । तर लक्की ड्र मार्फत पोखरा फिनिक्स उनलाई किन्न सफल भयो ।
विश्वास पराजुली पनि टोलीहरूको हान्थापमा परे । उनीमाथि पनि आरके भिक्टोरियन, लेखनाथ बुमर्स र कुस्मा वारियर्सले १० हजार रुपैयाँकै मूल्य लगाएको थियो । गोलाप्रथामा भाग्यमानि बनेको आरके भिक्टोरियनले उनलाई आफ्नों टोलिमा सहभागि गरायो । १० हजारमै बिक्री भएका गोरे जिटीमाथि पाँच टिमले समान १० हजारको बोली बोलेका थिए । गोलामा भाग्यमानि बन्दै सिएनडी वारियर्सले उनलाई खरिद गर्न सक्यो ।
त्यस्तै जस्मिन थापा क्षेत्री पनि १० हजार रुपैयाँमै विक्री भए । उनलाई इस्लामिक कंक्रोर्सले लक्की ड्र मार्फतनै खरिद गर्यो । लेखनाथ बुमर्सले पनि थापामाथि १० हजारकै मुल्य लगाएको थियो । बिक्की सर्माले उद्घोष गरेको अक्सन कार्यक्रमका प्रमुख अतिथि स्याँग्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले गोल तानेका थिए ।
खेलाडी खरिदका लागि आरके भिक्टोरियन्स र पोखरा फिनिक्सले सर्वाधिक ४८/४८ हजार रुयैयाँ खर्च गर्दा कम रकम लगाएको फिष्टेल अपमोष्टले मात्र १३ हजार रुपैयाँ खर्चियो ।
आगामी शनिबारदेखि लेखनाथ स्थित इडन हेभेन क्रिकेट मैदानमा सुरु हुने यो लिग २ महिनासम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख सहित ट्रफी तथा उपविजेताले नगद रु ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याटर तथा उत्कृष्ट बलरले नगद रु पाँच–पाँच हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो